• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

चितवनको ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिँदै

मुग्लिन,असार २५-

Advertisement

इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनःनिर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनःनिर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनःनिर्माण गरिने भएको हो ।

Advertisement

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले कोतघर पुनःनिर्माण गर्न आिर्थक वर्ष २०८१/८२ मा रु एक करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । पुरातत्व विभागको मापदण्डअनुसार पुरानै संरचनामा कोतघर बनाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरातत्व विभागको समन्वयमा पुरानै संरचनाअनुसार भग्नावशेष अवस्थामा रहेको कोतघर पुनःनिर्माण गर्दैछौँ, जसका लागि रु एक करोड बजेट विनियोजन गरेका छौँ ।”
उहाँका अनुसार उपर्दाङ्गगढीमा पुरानो संरचनालाई असर नपुग्ने गरी यसअघि गोलघर, टिकट काउन्टर, वनभोजस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतिक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको छ । पर्यटकको मागअनुसार फोटो खिच्न आकर्षकस्थल बनाउन गढीको बाहिर भागमा ‘आइ लभ गढी’ लेखेको संरचना निर्माण गरिएको छ ।

यसैबीच गाउँपालिकाले उपर्दाङ्गगढीको तोप खोजी गरिरहेको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँको तोप कहाँ छ, त्यसबारेमा खोजी भइरहेको छ, नेपाली सेना र पुरातत्व विभागसँग यसबारे कुराकानी भइरहेको छ, तोप जहाँ भए पनि हामी गढीमै फर्काउँछौँ ।”

सन् १९६० सम्म उपर्दाङ्गगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख भएअनुसार तल्कालीन बाइसेचौबीसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गर्नुभएको थियो । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ । यसैबीच गाउँपालिकाले पर्यटन विकासका लागि त्रिभुज परियोजनाको कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले उपर्दाङ्गगढी, सिराइचुली र इच्छाकामना मन्दिरलगायत पर्यटकीय क्षेत्रलाई जोड्नेगरी ‘इच्छाकामना त्रिभुज परियोजना’ अघि सारेको हो ।

उपर्दाङ्गगढी क्षेत्रको ऐतिहासिक र पुरातात्विक महत्व झल्किनगरी भौतिक संरचना निर्माण गरी पुरातात्विक तथा ऐतिहासिक सङ्ग्रहालयका रूपमा विकास गरिने अध्यक्ष गुरुङले बताउनुभयो । सिराइचुली क्षेत्रमा प्राकृतिक सौन्दर्य र पदमार्ग इच्छाकामना मन्दिर क्षेत्रमा धार्मिक सम्पदाको विकास र विस्तारलाई जोड दिइने उहाँले बताउनुभयो । लामो झरना, बालगौरी पाथिभरा मन्दिर, महादेवस्थान, हात्तीबाङ, कुरिनघाट शिवालयजस्ता धार्मिक ऐतिहासिक पुरातात्विक एवं पर्यटकीयस्थलको भौतिक संरचना निर्माणमा थप लगानी गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष गुरुङ बताउनुभयो । रासस

मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.