• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. १० दिन म्याद थपेर लेखा अधिकृतसहित दुई आरोपीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

घुस लिने र अनियमितता गर्ने १५ जना अख्तियारको नियन्त्रणमा


काठमाडौं ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस र काममा अनियमितता भएको भन्ने उजुरीका आधारमा आज एकै दिन फरक फरक स्थानबाट गरि १५ जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

आयोगका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा १५ जनालाई विभिन्न मुद्दामा प्रकाउ गरिएको जनाएको छ ।

आयोगको विज्ञप्ति अनुसार पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सव–इन्जिनियर राजन कुमार भट्टराई र संजय अर्याललाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइ गएको टोलीले नियन्त्रणमा लिएको छ ।

निर्माण कार्य सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरीका आधारमा अख्तियारले उनिहरूलाइ प्रकाउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सव–इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याललाई सेवाग्राहीबाट १७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका इन्जिनियर राजिव बस्नेत, सव–इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल समेतको मिलेमतोमा सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १७ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजायसमेत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

यस्तै आ.व. २०७७÷०७८ मा विनियोजित बजेटबाट सिरहाको नवराजपुर गाउँपालिका वडा नं. २ स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म माटो र ग्राभेल निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीका आधारमा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सव–इन्जिनियर संतोष कुमार यादव र लेखापाल सोम प्रसाद आचार्य पनि प्रकाउ परेका छन् ।

उनीहरूले फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गरी÷गराई वास्तविक काम भन्दा बढीको मूल्यांकन गराई ग्रावेल खरिद तथा ढुवानी समेतको लागि नवराजपुर गाउँपालिकाको नामको सरकारी सवारी साधन प्रयोग गरी उक्त सवारी अन्य व्यक्तिको भनी झुट्टा भरपाई लगायतको कागजात तयार गरेको भन्ने उजुरीका आधारमा प्रकाउ परेका हुन् ।

नगरेको कामलाई भए गरेको भनी झुट्टा बिल भरपाई, नापी किताव, कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीको लागि स्वीकृत गरी १२ लाख ७ हजार २ सय ६० रूपैयाँ ४५ पैसा बढी भुक्तानी दिई अमरेन्द्र कुसियैत, कृष्णा साह, संतोष कुमार यादव र सोमप्रसाद आचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय गर्न मागदाबी लिइएको छ ।

उपभोक्ता समितिका अध्यक्ष जिवछ कुमार यादव, कोषाध्यक्ष पुनम कुमारी देवी र सचिव रामउदगार मण्डल भन्ने राम उदगार खत्वे मण्डलले गाउँपालिकाबीच सम्झौता भई सम्झौता बमोजिम स्वीकृत गरे अनुसारको लागत अनुमान बमोजिमको कार्य नगरी झुट्टा बिल भरपाइ लिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा प्रकाउ गरिएको छ ।

यस्तै नवराजपुर गाउँपालिकाको वडा नं. २ का तत्कालीन वडा अध्यक्ष खुशीलाल साहले इष्टिमेट अनुसार कार्य नगरेको कुरा देखाइ रकम भुक्तानी गर्न सिफारिससमेत गरेको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

साथै धनुषाको मिथिला बिहारी नगरपालिकामा आ.व.२०७९÷८० मा संचालित वडा नं. ९ को आधारभूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी लिएको भन्ने उजुरीका सम्बन्धमा मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाष कुमार झा, जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादव पनि प्रकाउ परेका छन् ।

यस्तै मजदूर होजियारी उद्योग, जनकपुरधाम–२ का प्रोप्राइटर राम सुन्दर साह तेली पनि साही मुद्दामा प्रकाउ परेका छन् । राम सुन्दर साह तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय (ञ) बमोजिमको कसुर कार्यमा सोही ऐनको दफा २२ बमोजिम मतियारको कसुरमा मुख्य कसुरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय (ञ) बमोजिमको कसुरमा विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

शुक्रबार, असार २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.