चितवन – सदस्यता सुद्धिकरणमा मनपरी गरेको भन्दै पत्रकार महासंघ चितवनमा चार संगठनले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरेको छ । महासंघले चितवन शाखाले सहमति जनाएको सदस्य भन्दा बाहिर गएर थपघट गरेको भन्दै आज (सोमबार) चार संगठनले तालबन्दी गरेका हुन् ।
तालाबन्दी गर्नुअघि नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले चार संगठनका प्रतिनिधित्व गर्दै महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।
चितवनका चार वटै संगगठन प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित, प्रेस संगठन चितवनका अध्यक्ष सूर्य पाठक, समाजवादी संगठनका अध्यक्ष टिकादत्त तिमिल्सिनाले एक्यैवद्धता जनाउँदै कुनै पनि हालतमा सदस्यता टुंगो नलागेसम्म निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताए ।ज्ञापनपत्र बुझ्दै महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले संगठनहरुले उठाएको सवालमा आफूले पनि एक्यवद्धता जनाएका थिए ।

