चितवन – जापानिज फ्रेन्चाइज रेष्टुरेन्ट याप्पारी स्टेकको दोस्रो शाखा पुरानो मेडिकल कलेज रोड भरतपुरमा सन्चालनमा आएको छ । २०८० साउनमा भरतपुर १० स्थित स्याउलीबजारमा पहिलो शाखा सन्चालनमा ल्याएका चितवनका कृष्ण पौडेलले दोस्रो शाखा मेडिकल कलेज रोड भरतपुरमा सन्चालनमा ल्याएका हुन् ।
करिव १० बर्ष जापानको याप्पारी रेष्टुरेन्टमा काम गरेका पौडेलले नेपालमै पहिलोपटक चियवनको स्याउलीबजारमा सन्चालनमा ल्याएको रेष्टुरेन्टबाट ग्राहकको राम्रो प्रतिकृया पाएका कारण थप सेवा विस्तार गर्ने उदेश्यले नयाँ शाखा सन्चालनमा ल्याएको आज एक पत्रकार सम्मेलनको आयोजना गरी बताए ।
नयाँ शाखाको यही बैशाख ४, ५ र ६ गते ओपनिङ्ग रहेको छ । ओपनिङ्गमा ग्राहकले १० प्रतिशत छुटमा सेवा पाउनेछन् भने अन्य विभिन्न छुटको पनि व्यवस्था राखिएको उनले बताए । याप्पारी स्टेकको बिशेषता ढुङ्गामा मासु पकाएर खुवाउनु हो। विशेष प्रकृतिको जापानबाट ल्याईएको यो ढुङ्गा करिव २ सय ५० डिग्रिको तापक्रममा तताइन्छ र सोही ढुङ्गामा मासु पोल्न शुरु गरिन्छ।
आधाआधि मासु पाकिसकेपछि ग्राहकलाई ढुङासहित पस्किने छ र ग्राहकले चाहना अनुसार आफै फर्काइ फर्काइ पोलेर विभिन्न प्रकृतिको अचारको स्वाद सहित खान सकिने संचालक पौडेलले जानकारी दिए । करिव १ घन्टा सो ढुङ्गा तातो रहनेछ। सो रेष्टुरेन्टमा चिकेन मटन र पोर्क को बिभिन्न भागको मासु आँफैले पोलेर खान पाइने बिशेषताले नै याप्पारी सबैको बेष्ट भएको उनको भनाई छ ।
करिब १ करोडको लगानीमा सन्चालनमा आएको नयाँ शाखामा जापानिजसँगै इन्डिएन बिदेशी लगाएतका नयाँ खानहरु थप गर्ने योजना रहेको उनको भनाई छ । उनको रेष्टुरेन्टमा हाल १७ जना काम गर्ने स्टाफ रहेका छन् । यस याप्पारी स्टेकको जापानमा १२३, अस्त्रेलियमा २ सिङारपुरमा १ र फिलिपिन्समा १ शाखा रहेको छ ।

