वीरगञ्ज । एम्नेष्टी समूह १६ ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ४ जनालाई सम्मान गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालका ३ जना चिकित्सक र एक जना बरिष्ठ नर्सलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
“महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी“ भन्ने नाराका साथ मनाइँदै गरेको ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वीरगञ्जका ४ महिला सम्मानित भएका हुन् ।
Advertisement
एम्नेष्टी इन्टरनेशनल नेपाल समूह १६ का अध्यक्ष प्रकाश बाहेतीको अध्यक्षतामा भएको कार्यक्रमका अवसरमा नारायणी अस्पतालमा कार्यरत बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादव, डा. प्रीती यादव र अस्मिता उपाध्याय एवं पुर्व नर्सिङ प्रमुख हेमा थापालाई दोसल्ला ओढाइ सम्मानपत्रमार्फत सम्मान गरिएको एमनेष्टी समूह १६ का सन्नी पाख्रिनले जानकारी दिए ।


