प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
तीनै जना मन्त्रीले सोमबार शपथ पनि लिइसकेका छन्। तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
Advertisement
नवनियुक्त तीनै जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्।

