• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलको एक वर्षः ७० बढी काम


चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको कार्यकाल एक वर्ष पूरा भएको छ । विगत एक वर्षको अवधिमा उहाँको नेतृत्वमा अस्पतालमा ७० भन्दा बढी काम भएका हुन् । एमआरआई खरिद प्रक्रियादेखि क्याथल्याब जस्ता महत्वपूर्ण काम यस अवधिमा भएका हुन् । आफूले अस्पतालमा कार्यभार समालेको एक हप्ता भित्र नै श्वेतपत्र जारी गरी कामको शुरुवात गरेको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “अस्पतालका सम्पूर्ण विभाग, वार्ड, शाखा, इकाईहरुलाई अस्पतालको विषयमा प्रश्नावली तयार गरी पृष्ठपोषण लिईएको छ ।”

Advertisement

बि.सं. २०७९ चैत १० गतेको मन्त्रिपरिषद्बाट भरतपुर अस्पताललाई राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ९नेम्स० को आंगिक कलेज घोषणा गर्न सफल भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “बिएस्सी नर्सिङ र बिएनएस सञ्चालनको स्वीकृती प्राप्त भई भर्ना प्रारम्भ भएको छ ।” आफू अस्पतालमा अध्यक्ष भएर आएसँगै ‘यो किन भएन, त्यो किन भएन रु’ भन्ने प्रश्न आउने गरेको बताउँदै उहाँले भन्नुभयो “अहिले यो विषय यसरी गरे राम्र्रो हुन्छ कि भन्ने सुझाव आउने गरेको छ, जुन कुरालाई अत्यन्तै सकारात्मक रुपमा लिन सकिन्छ ।”

Advertisement

अस्पतालमा सञ्चालित विभिन्न विभाग, वार्ड, शाखा, इकाईहरुसँग आवश्यक मेशिनरी उपकरण, जनशक्ति र सेवाको सुधारको लागि प्लानिङ वर्कसप सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा सुन्दरतालाई पनि विशेष ध्यान दिईएको भन्दै उहाँले भन्नुभयो “सेवाग्राही गेटबाट छिर्ने बित्तिकै एक खालको आनन्द हुने गरी ब्युटिफिकेशन गरिएको छ । यस कार्यलाई अझै अघि बढाईदै लगिने छ ।” अस्पतालका गुनासाहरु सम्बोधन गर्न भदौ ८ गते सार्वजनिक सुनुवाई गरिएको छ ।

एकाडेमिक भवन र स्टोर भवन अस्पताल विकास समितिबाट निर्माण गर्ने निर्णय भई कार्य प्रारम्भ भएको छ । अस्पतालका बिभिन्न भवन ९ब्लक० हरुको बीचमा सेड सहितको कोरिडोरले बिरामीहरुलाई आवतजावतमा अत्यन्तै सहज बनाएको छ । इमरजेन्सी (आकस्मिक कक्ष) लाई वातानुकुलित बनाईएको छ । बिरामीको सहजतालाई ध्यानमा राख्दै सोही भवनबाट बिलिङ, बीमा, प्रयोगशाला, एक्सरे, माईनर ओली र २४ सै घण्टा औषधि उपलब्ध हुने व्यवस्था गरिएको अध्यक्ष पौडेलको भनाई छ । यसैगरी इमरजेन्सीमा अत्याधुनिक डिजिटल एक्सरे मेसिन राखेर सेवा दिईएको छ ।

इमरजेन्सीको उपचार दक्ष जनशक्तिबाट गर्ने व्यवस्था भएको छ भने इमरजेन्सीको वेडबाट नै रगत संकलन गर्ने व्यवस्था मिलाईएको अध्यक्ष पौडेल बताउनुहुन्छ । मृर्गौलाको डाइलासिसमा विद्युत कटौतीले प्रभावित बनाउने गरेकोमा विद्युतीय पावर सप्लाईलाई चुस्त दुरुस्त बनाइ डाइलाइसिस मेसिन र जेरियाप्टिक वार्ड लगायत धेरै वार्डहरुलाई वातानुकुलित बनाइएको उहाँको भनाई छ । डाइलाइसिस मेसिनको अभावमा धेरै बिरामी सेवाबाट बञ्चित हुनु परेको गुनासो आएपछि पुरानो दुई वटाको मर्मत र आठ वटा नयाँ थप गरी १८ वटा मेशिनबाट डायलाइसिस सेवा दिईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “एचआईभी संक्रमितहरुलाई छुट्टै एउटा डाइलाइसिस मेशिन व्यवस्थापन गर्दैछौं ।”

अस्पतालमा भर्ना भएर उपचार गराएका बिरामीको सहजतालाई ध्यानमा राखेर ईनडोर फार्मेसी सञ्चालन गरिएको छ । उक्त फार्मेसीबाट २४सै घण्टा सेवा दिन शुरु गरिएको उहाँले जानकारी दिनुभयो । जलनका बिरामीको विशेष उपचारका लागि यस अवधिमा तीन वटा वेड सहित बर्न केयरका लागि वार्ड व्यवस्था भएको छ । वृद्धवृद्धा वार्डमा ६ वटा वेड थप गरिएको छ । कुरुवा घर सञ्चालन भएको छ भने विभिन्न ठाउँमा एक सयभन्दा बढी कुरुवा बस्न मिल्ने कुर्ची व्यवस्थापन भएको अध्यक्ष पौडेलले बताउनुभयो ।

यस अवधिमा पाँच वेडको अत्याधुनिक बर्थिङ्ग युनिट संचालनमा आएको छ । गाइने वार्डलाई पुनर्संरचना गरी दुई वेड पिएनसि थपिएको छ । १० वेडको गाइनो एचडियु संचालनमा ल्याइएको छ । प्रसुती सेवाका लागि आउने बिरामीको सहजताका लागि वार्डसँगै चौबीसै घण्टा सञ्चालन हुने गरी टिकट र बिल काट्ने व्यवस्था गरिएको उहाँको भनाई छ । एनआईसियू १२ बेडमा सञ्चालन हुँदै आएकोमा आठ वटा वेड थप गरी २० वेड सञ्चालन गरिएको छ । पिआईसियूमा ६ वटा वेड सहितको सेवा शुरु भएको छ ।

बच्चाहरुको लागि ५ वेडको एचडियू निकट भविष्यमा सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष पौडेल बताउनुहुन्छ । अस्पतालमा मुटु रोगीहरुको लागि चार बेड सहितको कार्डियाक वार्ड सञ्चालनमा आएको छ । चार बेड सहित सिसियू संचालनमा आएको छ । नयाँ आईसियू बनाई १४ बेड थप गरिएको छ । अस्पतालमा सिएसआर फण्डबाट फाउण्टेन, गार्डेनिङ बनाईएको भन्दै उहाँले व्याज आम्दानी एक वर्षमा ३ करोड रुपैयाँभन्दा माथि पुगेको जानकारी दिनुभयो । अस्पतालका अति पुराना भवनहरुलाई क्रमशः खाली गर्दै लैजाने व्यवस्था गरिएको छ भने ए ब्लक, बि ब्लक र बहिरंग ९ओपिडि० भवनको भित्री भागमा रगंरोगन सहित आकर्षक बनाइएको छ ।

दन्तरोग विभागमा ३ वटा डेण्टल चेयर थप गरी बहिरंग भवनको माथिल्लो तलामा लगिएको छ । बिरामीको गोपनीयतालाई ध्यानमा राखेर बहिरंग भवनमा पर्दाहरु थप गरिएको छ । बहिरंग भवनमा शौचालयको कमी भएपछि आवश्यकता अनुसार थप गरिएको अध्यक्ष पौडेल बताउनुहुनछ । बिरामीले टिकट काट्न घण्टौं लाइनमा बस्नुपर्ने समस्यालाई मध्यनजर गर्दै कम्प्युटरको सफ्टवेयर परिवर्तन गरी सहज तुल्याईएको छ । बहिरंगको बालरोग विभागमा प्रतीक्षाकक्ष सहित स्तनपान कक्षाको व्यवस्था गरिएको छ । अस्पतालमा अडियोग्रामको कोठालाई सुधार गरिएको छ भने बिहान ७ बजेदेखि १० बजेसम्म रिफिल काउन्टर शुरु भएको छ ।

औषधि परामर्श शाखा समेत अस्पतालले यसै अवधिमा सञ्चालनमा ल्याएको छ । बहिरंग सेवाका बिरामीको सहजतालाई ध्यानमा राखी बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ओपिडि फार्मेसी सञ्चालन गरिएको छ । वृद्ध वृद्धाको लागि छुट्टै औषधि वितरण कक्ष बनाइ सञ्चालनमा ल्याईएको अध्यक्ष पौडेल बताउनुहुन्छ । पोष्टमार्टमलाई पुनर्संरचना गरी १२ रेफ्रिजेरेटर थप गरी २४ वटासम्म शव राख्न सक्ने व्यवस्था अस्पतालमा यसै अवधिमा भएको छ । शवगृहसँगै प्रतीक्षा कक्ष निर्माण गरिएको छ ।

पुराना सामग्री राख्न वेयरहाउस बनाई व्यवस्थित गरिएको छ । बिरामीका कुरुवाका लागि कपडा धुने, नुहाउने ठाउँको व्यवस्थापन गरिएको छ । अस्पतालमा पानीको अभावलाई मध्यनजर गर्दै २ लाख २५ हजार लिटर क्षमताको खानेपानी टंकी बनाउने काम शुरु भएको छ । सरुवा रोग भवन बन्ने चरणमा पु¥याईएको छ । अस्पतालमा गार्ड घर बनाईएको छ । सोधपुछ कक्ष बनाई सेवाग्राहीलाई सहजता प्रदान गरिएको छ । रोटरी क्लबको सहकार्यमा स्पाइनल ब्लक निमार्णधिन अवस्थामा छ भने बी ब्लक भवनमाथि ट्रष्ट लगाइएको छ ।

अस्पतालमा निःशुल्क खाना बनाउने भवन निर्माण गरिएको छ । सेमिनार हललाई इन्टेरियर डिजाइन गरी अत्याधुनिक बनाईएको छ । फोहोरलाई मोहोरमा रुपान्तरण गर्ने काम शुरु भएको छ । फोहोर फाल्ने लिप्टको व्यवस्थापन समेत भएको छ । संक्रमित फोहोर ९४ प्रतिशतबाट ३० प्रतिशतमा झार्ने व्यवस्था गरिएको छ । फोहोरलाई निसंक्रमित बनाएर मात्रै बाहिर पठाउने व्यवस्था गरिएको अध्यक्ष पौडेल बताउनुहुन्छ । अस्पतालमा एमआरआई, टिएमटि, पोटेवल डेन्टल एक्सरे, ६२५ केभिएको जेनेरेटर, मेन डिष्ट्रिब्यूसन बोर्ड, नेओनाटल भेन्टिलेटर विथ एचएफओ आउने क्रममा रहेका छन् ।

यी सामग्रीको खरिद प्रक्रिया शुरु भईसकेको छ । मुटु रोगीको उपचारका लागि प्रभावकारी क्याथल्याको लागि समिति गठन गरी खरिद प्रक्रिया शुरु गरिएको छ । बायोकेमेस्ट्री र हेमोटोलोटी मेसिन टेण्डर प्रक्रियामा रहेका छन् । आधुनिक स्पाइनल सर्जरीका लागि फोरके भिजुलेसन सेट आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । युरोलोजी वार्डमा पत्थरी फुटाउने सेवा शुरु गरिएको छ । यस वार्डमा थप सेवा दिन युरोलोजी सर्जरी सेट टेण्डर प्रक्रियामा रहेको छ । एनपिएल सेवा समेत यसै अवधिमा शुरु गरिएको अध्यक्ष पौडेल बताउनुहुन्छ ।

एनआरएनएबाट अनुदानमा आएको अक्सिजन प्लान्टलाई घर निर्माण तथा विजुलीको व्यवस्था गरी अक्सिजन प्लान्ट यसै अवधिमा सञ्चालनमा ल्याईएको उहाँले बताउनुभयो । अध्यक्ष पौडेलका अनुसार हालको इमरजेन्सी भवनमा तला थप्नका लागि टेन्डर प्रक्रिया अगाडि बढाई सकिएको छ ।

उहाँले सीमित स्रोत र साधनकाबीच सबैको साथ र सहयोगले यी काम गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो “उपचारको क्षेत्रमा भएका नयाँ आविष्कार र संसारभर भइरहेको प्रविधिको तीव्र विकासलाई निरन्तर भित्र्याउनु र दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने चुनौती हाम्रा सामु छ । तर, सबै क्षेत्रको साथ र सहयोग प्राप्त भएमा सबै चुनौतीहरुलाई पार गर्दै बिरामीलाई उत्कृष्ट सेवा दिन सकिन्छ भन्ने विश्वास दिलाउन सकिएको छ ।”

शनिबार, पुष १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.