पाल्पा, पुस ८–
पाल्पाको एक घरमा आगालागी हुँदा नौ महिने बालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्यागरुङ्गका टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्लीको रहेको प्रहरीले जनाएको छ ।
Advertisement
खरले छाएको एक तले कच्ची घरमा आगलागी भएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार नौ महिनाकी छोरीलाई घरमा सुताई परिवारका अन्य सदस्य बारीमा काम गर्न गएका बेला गोठमा कुँडो पकाउन सल्काएको आगोबाट अचानक आगलागी भएको थियो ।
आगलागीबाट एउटा भैसी र एउटा बाख्रा पूर्णरुपमा जलेर मरेका छन् भने घर र गोठ पनि पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । आगलागीबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

