चितवन – सामाजिक संजाल मार्फत फिरौती रकम माग गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रत्ननगर- १३ बस्ने बर्ष २० को प्रबेस रिमाल,लाहान -१ बस्ने बर्ष १९ को युनिक सिह र पोखरा- २९ बस्ने बर्ष २२ को अनुरा घिमिरे रहेका छन। उनिहरुलाई भरतपुर -१६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
निजहरुले केटीको फेक नक्कली फेसबुक आइडी बनाई विभिन्न पुरुषसँग विभिन्न समयमा कुराकानी तथा अश्लिल भिडियो तथा फोटो पठाई पुरुष व्यक्तिसँग भिडियो कल गरी झुक्याएर गोप्य फोटो तथा भिडियोलाई तोडमोड गर्दै डरत्रास देखाए पैसा असुल गर्ने गरेको प्रहरीले जनाएको छ।
निजहरुको साथबाट ७६ हजार नगद र ४ थान मोबाइल समेत बरामद गरि थप अनुसन्धान भईरहेको जनाइएको छ।
Advertisement

