• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

भरतपुर भ्रमण वर्ष सार्न सुझाव


चितवन । भरतपुर महानगरपालिकाले मनाउन लागेको भरतपुर भ्रमण वर्ष सन् २०२४ कार्यक्रम केही महिना पछि सार्न सरोकारवालाले सुझाव दिएका छन् । सडक यातायातलगायत धेरै कुरा अनुकूल नभएको भन्दै केही समय पछि सार्न सुझाव दिएका हुन् ।

Advertisement

नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि दिउँसोको समयमा यातायात रोकेर काम गर्ने तयारी गरिएको छ । यही पुस ७ गतेबाट सो सडक दिउँसोको समयमा चार घण्टा बन्द गरेर काम गरिँदै छ । मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकखण्ड पनि निर्माणाधीन अवस्थामा छन् । ती सडक निर्माणको काम भइरहेकाले केही महिना पछि नै थप सहज हुने देखिएको छ ।

Advertisement

भरतपुर महानगरमा पर्ने पुल्चोक–गोन्द्राङ सडकको कामले पनि पूर्णता पाउन सकेको छैन । महानगरपालिकाको मुख्य प्रवेशद्वार क्षेत्रमा काम भइरहेकाले अहिले अस्तव्यस्त देखिएको छ । केही महिनामा नै यो काम सम्पन्न हुने अवस्थामा छ ।

भ्रमण वर्षमा पर्यटकका लागि देखाउन लागिएको दियालो दरबार मर्मतसम्हार गर्न बाँकी भने बाघ राख्ने खोर निर्माण भइरहेको छ । महानगरका ग्रामीण क्षेत्रमा हरियाली बनाउने काम भइरहेको छ । यससँगै बागमती प्रदेश सरकारले यही जनवरी १ मा भ्रमण वर्ष घोषणा गर्दैछ । एउटै समयमा शुभारम्भ कार्यक्रम नगर्न बागमती प्रदेश सरकारको पनि सुझाव छ ।

निजी र सरकारी क्षेत्रबाट केही महिना भ्रमण वर्ष सार्दा उपयुक्त हुने सुझाव दिइएको छ । सन् २०२४ कै केही महिनापछि शुभारम्भ गर्न वा विसं २०८१ लाई भ्रमण वर्षको रुपमा मनाउन धेरैको सुझाव छ । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष कृष्ण भट्ट भन्छन्– “भौतिक निर्माणमा हामी देशकै अग्रणी छौँ, तर नारायणगढ बजारमा निर्माणाधीन सडकले पूर्णता नपाउँदा देख्नेलाई केही पनि नभएको हो कि जस्तो देखियो ।”

निजी क्षेत्र तयारी अवस्थामा रहे पनि केही महिना पछाडि सार्दा उपयुक्त हुने उनको सुझाव छ । अझै राम्रो तयारी गर्न सकिने र अन्य हिसाबले पनि राम्रो हुने भट्टले बताए । चितवन पर्यटन विकास समितिका संयोजक खेम भट्ट अहिलेकै अवस्थामा भ्रमण वर्ष मनाउन त्यति राम्रो नभएको हुँदा केही महिना पछि सार्न भरतपुर महानगरलाई अनुरोध गर्छन् । उनले भने, “मिलेसम्म केही महिनापछि भ्रमण वर्षको शुभारम्भ गर्न उपयुक्त देख्छु ।”

भरतपुर महानगरपालिका देशमै भौतिक पूर्वाधारमा धेरै काम भएको महानगर हो । मुख्य सहरी क्षेत्रको नारायणगढ र भरतपुर क्षेत्रमा अहिले काम भइरहेको छ । बजेटको अभावमा जुन गतिमा काम हुनुपर्ने हो हुन नसक्दा भरतपुर प्रवेश गर्दैगर्दा शोभायमान देखिएको छैन । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ निजी क्षेत्र तयार भए पनि मुख्य बजार क्षेत्रको काम सम्पन्न हुन नसक्दा सोचेजस्तो राम्रो नदेखिएको बताउँछन् । बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउन सकेमा भ्रमण वर्ष अरु राम्रो हुने उनको सुझाव छ ।

भ्रमण वर्षका लागि महानगरपालिकाले गर्नुपर्ने सबै तयारी पूरा भएका छन् । उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका पूर्वउपाध्यक्ष राजन गौतम विसं २०८१ लाई भ्रमण वर्ष घोषणा गर्दा अझ राम्रो हुने सुझाव दिन्छन् । उनले भने– “महानगरले आन्तरिक तयारी पूरा गरे पनि बाह्य अवस्था त्यति राम्रो बनिसकेको छैन, आन्तरिक पर्यटकलाई जोड दिइने भएकाले नयाँ वर्षबाट गर्दा राम्रो हुन्छ ।”

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी महानगरपालिकाले गर्नुपर्ने सबै तयारी पूरा भएको बताउँछन् । बजार क्षेत्रको मुख्य सडक बन्दै गरेको, नारायणगढ मुग्लिन सडकखण्ड दिनको समयमा रोकेर काम गर्न लागिएको, भरतपुर आउने मुख्य दुई सडक बन्दै गरेको लगायतका कारण भ्रमण वर्ष केही महिना सार्न सुझाव आएको बताउँछन् ।

महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्ष महानगर र निजी क्षेत्रको सहकार्यमा गर्न लागिएकाले निजी क्षेत्रको सुझाव लिएर अघि बढ्ने बताइन् । उनले भनिन्– “निजी क्षेत्रबाट आउने सुझावअनुसार महानगर अघि बढ्छ ।” उनका अनुसार शुक्रबार बस्ने कार्यपालिकाको बैठकले यस विषयमा छलफल गरेर टुङ्गो लगाउने छ । पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको भरतपुर महानगरमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सन् २०२४ लाई भ्रमण वर्ष घोषणा गर्न लागिएको हो ।

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.