• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

नारायणगढमा खुल्यो ‘बिगबजार नेपाली जुत्ताघर’


चितवन – नारायणगढको बिगबजारमा “बिगबजार नेपाली जुत्ताघर” सन्चालनमा आएको छ । नेपाली जुत्ता उद्योगी समुहद्वारा नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु संरक्षण र प्रोत्साहन गर्ने उदेश्यले चितवनमा पहिलो पटक “बिगबजार नेपाली जुत्ताघर” सन्चालनमा ल्याईएको हो ।

Advertisement

उक्त जुत्ताघरको आज (बुधबार) एक कार्यक्रमको आयोजना गरी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र उद्योग संघ चितवनका अध्यक्ष सुर्य न्यौपानेले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

Advertisement

उद्घाटन गर्दै श्रेष्ठले चितवनमा स्वदेशी उत्पादनका जुत्ताचप्पलको प्रयोग र संरक्षण गर्न व्यवसायिक रुपमै सुरु गर्न आवश्यक थियो । सोही अनुरुप आउटलेटको हिसाबले आजदेखि चितवनमा जुत्ताघर सन्चालनमा आएको भन्दै खुशी व्यक्त गरे ।

उनले यस जुत्ताघर सन्चालनले चितवनको समग्र आर्थिक, व्यवसायिक, औधोगिक बिकासमा थप सहयोग पुग्ने बताए ।

त्यस्तै कार्यक्रमका विशिस्ट अतिथी उद्योग संघ चितवनका अध्यक्ष सुर्य न्यौपानेले जुत्ता, चप्पलमा स्वदेशी उत्पादनबाटै आत्मनिर्भर हुनुपर्ने बताए । स्वदेशी भन्दा पनि बिदेशी जुत्ताचप्पलसंग हामीहरुले प्रतिस्पर्धा गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

उनले नेपालमा उत्पादन भएका नेपाली ब्राण्डका बस्तुहरु आम उपभोक्ताहरुले प्रयोग गर्नुपर्छ भन्ने पक्षमा आफुहरु सधैं रहेको उनको भनाई थियो ।

नेपाल फुटवेयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष एवम् बिगबजार नेपाल जुत्ताघरका संयोजक नानीराज घिमिरेले एउटै छानामुनी नेपालमै सर्वाधिक बिक्री हुने स्वदेशी ७ कम्पनीहरुको आकर्षक जुत्ताचप्पलहरु आफनै शोरुमबाट बिक्री गरिने बताए ।

जस्ले गर्दा ग्राहकहरुले आफुलाई मनपर्ने ब्राण्ड एवम् मोडलका जुत्ताचप्पलहरु छानीछानी किन्न पाउने छन् । बिगबजारको २१ वटा शटरमा फस्र्ट वाक, डिजे शु, बि एफ डियर हिल शु, क्रस रोड शु, स्मार्ट शु, रान शु र टुरिष्ट शु का १५ भन्दा बढी ब्रान्ड र ३ हजार भन्दा बढी मोडलका जुत्ताचप्पलहरु बिक्री गरिने उनको भनाई छ ।

साथै स्वरुम शुभारम्भको अवसरमा प्रत्यक सामान खरिदमा १० प्रतिशत छुट र १५ सय रुपैयाँ भन्दा बढी सामान खरिदमा जाडोमा न्यानो चप्पल उपहारको अफर समेत राखेको उनको भनाई छ ।

त्यस्तै उनले चितवन एक्स्पो सेन्टर भरतपुरमा २ पटक सम्म बृहत जुत्ताचप्पल मेला आयोजना गरिसकेको र त्यसबाट पाएको सकारात्मक प्रतिकृयालाई अनुसरण गर्दै चितवनमा शाखा सन्चालन गर्ने निर्णय भएको उनले बताए ।

समुहले यसै बर्षदेखि नयाँ योजनासहित देशका प्रमुख शहरहरुमा एउटै छानामुनी धेरै भन्दा धेरै कम्पनिका जुत्ताहरुको एउटै स्वरुम बिस्तार गर्ने अभियानमा जुटेको छ ।

जस अन्तर्गत पहिलो स्वरुम २०८० बैशाख १ बुटवलमा, दोस्रो स्वरुम श्रावण ५ गते पोखरामा, तेस्रो स्वरुम भदै १४ गते जनकपुरमा, चौथो स्वरुम कात्तिक १५ गते काठमाडौंमा, पाचौँ स्वरुम मंसिर १३ गते सात दोबाटो ललितपुर स्थित सेल्सभेरी हुँदै छैठौं शाखाको रुपमा आज चितवनको नारायणगढ स्थित बिगबजारमा गरेको हो ।

यस्तैगरी आउटलेटहरुमा बिर्तामोड, इटहरी, बिराटनगर, भैरवाह र कपिलबस्तुको जितपुरमा उद्घाटनको मिती तय गरि शाखा सन्चालन गर्ने तयारि गरेको छ भने देशैभरिका शहरहरुमा आफ्नो शाखा खोल्ने लक्ष्य राखेको छ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आमउपभोक्ताहरुलाई सेवा दिनुका साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने प्रमुख लक्ष्यका साथ जुत्ताघर सन्चालन गरिएको फुटवयर एसोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिए ।

स्वेदशी उत्पादनले विदेशबाट आउने आयातलाई रोक्नुका साथै स्वदेशी उत्पादनबाटै आत्मनिर्भर हुनुपर्छ भन्ने उदेश्यले जुत्ताघर सन्चालनमा ल्याएको नेपाली जुत्ता उद्योगी समुहका अध्यक्ष होमनाथ उपाध्याय बताए ।

चितवन देशकै मध्यभागमा पर्ने भएकाले यसबाट चितवन लगाएत नवलपरासी, मकवानपुर, धादिङ, गोर्खा, तनहुँ, लम्जुङका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने छन् । कम्पनिबाट उत्पादित जुत्ताचप्पल उपभोक्ताले प्रत्यक्ष किन्न सक्ने हुँदा सस्तोमा गुणस्तरिय जुत्ताचप्पल पाउन सकिने उनको भनाई छ ।

त्यस्तै कार्यक्रममा बिशेष अतिथिको रुपमा हास्यकलाकार मनोज गजुरेलको पनि उपस्थिती रहेको थियो । उनले शुभकामना मन्तव्य राख्दै ठट्यौली पारामा जुत्ताचप्प्ल बनाउनेलाई धन्यवाद दिए ।

बुधबार, पुष ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा बसोबास गरेका सुकुम्वासीलाई नवलपुरमा घडेरी दिने सहमति
गणपति लघुवित्तको नवौ बार्षिक उत्सवमा बृद्धाआश्रमलाई नगद,अत्यावश्यक सामाग्री तथा खाद्यान्न बितरण
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता
होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा देशभरका सेफहरूले पस्किँदै ‘नेपाली स्वाद’
नेपालका युवा समीप न्यौपानेको टर्कीमा उत्कृष्ट सङ्गीतक प्रस्तुति
चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट प्रथम

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.