काठमाडौँ, पुस ०३-
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन् । सोमबार दिउँसो सिंहदरबारको एक्सन रूमुबाट प्रधानमन्त्री दाहालले निर्माणाधीन २ सडकखण्डको भर्चुअल निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि प्रधानमन्त्रीले दाहालले परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि नबढेको भन्दै जनताले महसुस गर्ने गरी कामको प्रगति नभएको बताए । उनले यसबाट सन्तुष्ट हुन सक्ने अवस्था नरहेको बताएका छन् ।
गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने उनको भनाई छ । फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन बुझाउन समेत निर्देशन दिए । अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्ने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

