भरतपुर, मंसिर २३।
भरतपुर महानगरपालिका १० सप्तगण्डकी चोकमा रहेको कलेज अफ कुलिनरी एण्ड हस्पिटालटि म्यानेजमेन्ट,चितवन(सिसिएचएम)मा वेकारी तथा फाष्ट फूड तालिम सुरु भएको छ।

भरतपुर महानगरपालिका वडा नं १० को आयोजना र वडा स्तरीय आमा समूहको संयोजनमा उक्त तालिम आजबाट सुरु भएको हो। तालिम मंसिर २३ र २४ गते हुने भएको छ। २ दिन सम्म संचालन रहने तालिममा भरतपुर महानगरपालिका वडा नं १० का ४० जना भन्दा बढी महिलाहरूको सहभागिता रहेको छ। बिहान ११ बजेबाट साझ ५ बजेसम्म तालिम सञ्चालन रहने छ।

यसप्रकारका तालिमले महिलाहरुलाई सक्षम बनाई जिविको पार्जन गर्न र रोजगारीको अवस्था सिर्जना गर्न सहज हुने भएकाले वेकरी तथा फाष्ट फूड तालिम आयोजना गरिएको भरतपुर महानगरपालिका वडा नं १० का अध्यक्ष परमेश्वर खनालले बताउनु भयो।
यसैगरी कलेज अफ कुलिनरी एण्ड हस्पिटालटि म्यानेजमेन्ट,चितवनका अध्यक्ष रवीन्द्र बुढाथोकीले तालिम २ दिनका लागि भए पनि बाकी दिनहरूमा पनि यस्ता किसिमका सीप आर्जन गराउन कलेज सधैं तयार रहेको बताउनु भयो।
उहाँले कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटि म्यानेजमेन्ट,चितवन (सिसिएचएम) कलेज स्थापना काल देखि नै विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल रहेको बताउनु भयो।







