चितवन – पछिल्लो समय नेपाली बजारमा इलेक्ट्रीक गाडीको माग बढिरहेको पाइन्छ । इलेक्ट्रीक गाडिको माग बढ्नुमा इन्धनको मूल्य वृद्धि र बैंक लोन एवम ब्याजलाई मुख्य कारणको रुपमा लिइएको छ । गाडी बिक्रीको हिसाबले हेर्ने हो भने चितवनलाई नेपालको तेस्रो ठूलो बजारको रुपमा लिइन्छ। चितवनको बजारमा पनि पछिल्लो समय इलेक्ट्रीक गाडी प्रसस्त गुढेको देख्न सकिन्छ ।

यस्तै बिवाइडी चितवनले ६ महिनामा १०० प्लस युनिट गाडी बिक्री गरेको छ । भरतपुर ३ नारायणगढका प्रवेश कुमार श्रेष्ठलाई गाडी हस्तान्तरण गरे सङ्गै बिवाइडी को बिक्री १०० पुगेको हो । डेलिभरी दिन बाकी अर्को एउटा गाडी बुकिङमा पनि रहेको बताउदै बिवाइडी चितवनको आधिकारिक बिक्रेता युरो ग्रीन मोटर्स प्रा.लिका म्यानेजर हरि शर्माले भने हामीले १०० प्लस युनिट गाडी बिक्री गरिसकेका छौं । विश्व बिख्यात कम्पनी, लक्जरियस गाडी , ५२२ किलोमिटर सम्मको रेन्ज, उत्कृष्ट फिचर्स, आकर्षक मोडल एवं ३९ लाखदेखी ६५ लाख सम्मको मूल्य भेरियन्टमा पाइने भएको कारण गाडी पारखिहरुको रोजाइमा बिवाइडी गाडी परेको युरो ग्रीन मोटर्सका सि इ ओ उज्वल श्रेष्ठले बताए ।


