रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार बेलुका रसुवाको आमाछोदिङ्मो गाउँपालिका २ नेशिङ खोलामा मिनी ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बा५ख ५७८ नम्बरको आयसर मिनी ट्रक दुर्घटनामा पर्दा आमाछोदिङ्मो २ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
Advertisement

