संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०५०।०५। २६ गते बिहान असामयिक निधन भएको छ। नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय सुवासचन्द्र नेम्वाङले निर्वाह गर्नुभएको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुयाउनु भएको योगदानको उच्च कदर गर्दै मिति २०८०।०५।२६ को नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ।
स्वर्गीय सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार यही मिति २०८० साल भदौं २८ गते बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा सार्वजनिक विदा हुने र तत् तत् निकायका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

