चितवन । भरतपुर आँखा अस्पतालले पार्किङ्ग निःशुल्क गरेको छ । अस्पतालले आज एक सूचना प्रकाशित गरी भदौ १० गतेदेखि लागू हुने गरी पार्किङ निःशुल्क गरेको हो ।
अस्पतालका बरिष्ठ प्रशासक दयाशंकर चौधरीद्वारा जारी सूचनामा अस्पतालाा आउने बिरामी र बिरामीका आफन्तका सवारी साधन सुरक्षा तथा व्यवस्थापनका लागि हालसम्म पार्किङ्ग शुल्क लिईदै आएकोमा भदौ १० गतेदेखि निःशुल्क गरिएको उल्लेख छ । सूचनामा सम्बन्धित सवारीधनीले आफ्नो सवारीसाधनलाई सहज र आवागमन गर्न मिल्ने गरी तोकिएको स्थानमा मात्रै पार्किङ्ग गरिदिन समेत अनुरोध गरिएको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई सेवाग्राहीको सवारीसाधन पार्किङ्ग निःशुल्क गर्न निर्देशन गरेको थियो । मन्त्रालयको निर्देशनपछि अधिकांश अस्पतालहरुले पार्किङ निःशुल्क गरेका छन् । केही अस्पतालहरुले भने अझै पार्किङ शुल्क लिंदै आएका छन् ।



