• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ब्रेन ट्युमरसँग लडिरहेका श्रीमानकाे जिवन बचाउन अपिल गर्दै टिकटकर सिर्जना


केहि समयअघि टिकटकमा एक जोडि देखिन्थ्यो । सिर्जना सुवेदी नामको टिकटकबाट भिडियोहरु पोष्ट गरिन्थे । भाइरल भएका भिडियोमा एक नेपाली जोडीको नृत्य देख्न सकिन्छ । नाँचीरहेकी श्रीमतीलाई पछ्याउँदै श्रीमान बल गरेर नाँच्न खोज्छन् । श्रीमतीका हाउभाउ कपी गर्न खोज्दा उनको नाँच रमाइलो देखिन्छ ।

Advertisement

नजानेर पनि श्रीमतीलाई दिएको साथ र गरेको रमाइलो धेरैलाई मनपर्छ । टिकटक हेरेर मजा लिने र हाँस्ने बाहेक कैयौंले कमेण्ट पनि गर्छन्, “कति राम्रो जोडी, कसैको आँखा नलागोस् ।”

Advertisement

तर यो जोडिमाथि आँखा लागेको छ । सिर्जना सुवेदी र विवेक पंगेनीमाथि यतिबेला बज्रपात परेको छ । टिकटकमा दुनियाँ हसाएका यी दुई अहिले आफै आँसुको तालमा डुबेका छन् ।

सोमबार सिर्जनाले एक फेसबुक पोष्ट गरिन् । २० घण्टा अघि सिर्जनाले विवेकको जीवन बचाउन भन्दै सहयोगको अपिल गरेको उक्त स्टाटस अहिले भाइरल भइरहेको छ । अहिले धेरै नेपालीहरूले याे पाेष्ट शेयर गर्दै आर्थिक सहयाेग मागिरहेका छन् ।

बर्दिया घर भएका ३० वर्षिय विवेक यतिबेला अमेरिकाको एक अस्पतालको बेडमा पल्टिरेहका छन् । र उनको लामो आयु तथा स्वास्थ्यलाभको प्रार्थना गर्दै श्रीमानको छेवैमा बसिरहेकी छिन् सिर्जना ।

मिठो सपना बुनेर अमेरिकाको यात्रा तय गरेका यी जोडी अहिले भविष्य बनाउँदै होइन, भविष्यको लागि आयु लम्बाउन भगवानसँग गुहार मागिरहेका छन् । ६ महिना अघि मात्र फिजिक्समा पिएचडि गर्न अमेरिका गएका विवेकलाई ब्रेन ट्युमर भएको छ । एक महिनाअघि पार्किन्सनका कारण आमाकाे निधन भएपछि विवेक र सिर्जना नेपाल आएका थिए । साे समयमा नै विवेक बेला बेला बेहाेस भइरहेका थिए । सञ्चाे नभएपछि आमाकाे किरिया सकेर उनीहरूले काठमाडाैंकाे अस्पतालमा परिक्षण गराएका थिए । जसबाट बिबेकलाई ब्रेन ट्युमर भएकाे देखिएकाे थियाे । “अहिले डाक्टरले रिपोर्ट हातमा लिएर त्यो खबर सुनाको पल याद गर्दा मुटु निस्केला झैँ हुन्छ । आमा गुमाएको एक महिना न पुग्दै आफूलाई तेस्रो स्टेजको ब्रेन ट्युमर भाको खबर सुन्दा के बित्छ त्यो पर्नेले मात्र बुझ्छ,” सिर्जनाले पिडा पाेखेकी छिन् । “आँखा अगाडि हामी दुवैको अँध्यारो भयो, एकअर्कालाई हेरेर रोई रहेंउ, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए मैले आफूलाई परेपछि था भयो हो रहेछ !, सिर्जना त्याे पल सम्झिन्छिन् ।

“नेपालमा रिपोर्ट आको भोलि पल्टको फ्लाईट थियो, हिम्मत टुटिसकेको थियो केही सोच्न सक्ने अवस्थामा थिएनौं । रात भरी रोएर अब हामी रोएर हुँदैन रोगसंग लड्नु पर्छ जस्तो लाग्यो, हामी टुट्नु हुँदैन भन्ने लाग्यो, चाहे जे होला जस्तो सुकै परिस्थीती आओस् सामना गरुला अब राम्रो ठाउँमा उपचार गर्नु पर्छ भन्ने लाग्यो,” उनले लेखेकी छिन् ।

सुविधासम्पन्न स्थानमा उपचार गराउन सके ज्यान बच्थ्याे कि भन्ने आशा लिएर अमेरिकाकाे अस्पताल पुगे । र आकस्मिक सेवामा बिबेककाे उपचार सुरू गरियाे । अमेरिकाका चिकित्सकले शल्यक्रिया गरेपनि आधा ट्युमर मात्र निकालिएको सिर्जनाले उक्त पाेष्टमा लेखेकी छिन् । यतिबेला ट्युमरको बायोप्सी गर्न पठाइएको र निको हुने आशामा सिर्जना र परिवार छ ।

सिर्जनाले सहयाेगकालागि गरेकाे याचना जस्ताकाे त्यस्तै !

“आजसम्म कैयौं पटक रोइयो होला लाखौँ पटक दुःख देखियो भोगियो, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए आज थाहा भो हो रहेछ। आफ्नो पिडा आफैसंग राख्नु पर्छ अरू सामु देखाउनु कमजोर हुनु हो सोच्ने गर्थे, कैयौं दुख पार गरियो हाँस्दै नाच्दै, भगवान संग कहिले गुनासो गरिन मैंले तर अब सोध्नु छ कि किन हामी? एक माथी अर्को पिडा किन हामीलाई ? कहिले काहीँ पिडा शब्दमा लेखेर न सकिने रहेछ । आफुलाई पिडा मिल्नु भन्दा बढी भयानक आफूले माया गरेको मान्छे लाई पिडा मा देख्नु हुने रहेछ । सात जुनीसंगै काट्ने सपना देखेको मान्छे मेरो, मेरो लागी दुनिया संग लड्ने मान्छे अहिले आफ्नो जीवन को लागी लडिरहेको देखेको छु मैंले । सवैको भलो सोच्ने सवैको दुःखमा रूने मान्छे आज लाचार देखेको छु ।

पछिल्लो ८ वर्ष मा हामिले एक अर्कालाई गरिएका वाचा, संगै देखेका हजारौं सपना आँखा अगाडी आइपुग्छन्, किन उसलाई यो सब भयो मलाई भाको भए म सहन सक्ने थिए बरु! सुनाउनु हुन्थ्यो आफुले सानै देखि भोगेका दुःख का कुराहरू आफ्ना हारका कुराहरू, एक दिन सुख पनी आउला नि भन्दै आफूले सकेको कोशिश गर्दा गर्दा कती पटक लड्नु भो उठ्नु भो,तर सपना देख्न छोड्नु भएन जिवन मा ठुला सपना थिएन उहाँको। दिन रात न भनि मेहेनत गरेर लामो समय पछि उच्च शिक्षा अध्यनकालागी USA आउने मौका मिलेको थियो उहाँलाई । ६ महिना अघि मात्र अध्यन क्रम मा यहाँ आएका थियौं । दुःख त गरुला तर अव त हाम्रो पनि सुख का दिन आउलान् नि भनेर एकअर्का को साहस बनेर अघी बढी रहेका थियौं । एक महिना अघि मात्र घर बाट खबर आयो उहाँको आमा रहनु भएन भनेर! एउटा सन्तानले आमा गुमाउनु पिडा के हो त्यो गुमाउनेले जति हामिले बुझ्न सक्दैनौं । छिन्मा होस् छिन्मा विहोस् हुने भाको थियो उहाँको । कसरी कसरी रुँदै कराउँदै नेपाल पुगियो । एक महिना को बसाई पछि आमाको सबै काम कृया सकेर हामी यता फर्किन लागेका थियौं, अली बिसन्चो भाकोले उहाँलाई काठमाडौं चेकअप गर्न लगियो । अहीले Dr. ले रिपोर्ट हात मा लिएर त्यो खबर सुनाको पल याद गर्दा मुटु निस्केला झैँ हुन्छ ।आमा गुमाको एक महिना न पुग्दै आफूलाई तेस्रो स्टेज को ब्रेन ट्युमर भाको खबर सुन्दा के बित्छ त्यो पर्ने ले मात्र बुझ्छ । आँखा अगाडि हामी दुवैको अँध्यारो भयो, एकअर्का लाई हेरेर रोई रहेंउ, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए मैले आफूलाई परेपछि था भयो हो रहेछ ।

नेपाल मा रिपोर्ट आको भोलि पल्टको फ्लाईट थियो, हिम्मत टुटी सकेको थियो केइ सोच्न सक्ने अवस्थामा थिएनौं,रात भरी रोएर अब हामी रोएर हुँदैन रोगसंग लड्नु पर्छ जस्तो लाग्यो, हामी टुट्नु हुँदैन भन्ने लाग्यो, चाहे जे होला जस्तो सुकै परिस्थीती आओस् सामना गरुला अब राम्रो ठाउँ मा उपचार गर्नु पर्छ भन्ने लाग्यो, जुन हालत मा नेपाल पुगेका थियौं त्यो भन्दा नाजुक हालत मा यहाँ आइयो, आउना साथ emergency मा लगियो । MRI बाट थाहा भो tumor को आधी मात्र निकाल्न मिल्ने ठाउँमा रहेछ आधी न मिल्ने ! भोली पल्टै सिरियस केस भनेर अपरेसन भयो, अपरेसन थिएटर लानु अघी ‘म सकुसल निस्के भने नेपाल जाँदा रारा घुम्न जामला है !’भन्नु भो, मैंले ‘हुन्छ, हिम्मत न हार्नु सारा संसार देख्न बाकी छ’, भने। करिब २ घण्टा पछि operation सकियो, म भित्र जाँदा मेरो विवेकलाई जुन हालतमा चिचाई रहेको देखें, त्यो म अहिले भन्न सक्दिन । biopsy को लागी पठाको छ, हर मिनेट हर सेकेण्ड तर्सिन्छौ हामी ! भगवानले सुन्नु भयो होला नि है अव त हाम्रो पुकार ? 😞 आज सम्म कसैसँग सहयोग मागेको छैन तर आज म हजुरहरुसंग हात जोडेर सहयोग माग्छु 🙏। हजुरहरुले जे सक्नु हुन्छ जति सक्नु हुन्छ उहाँलाई बचाउनका निम्ति सहयोग गरिदिनु होला 🙏🙏। प्रार्थना गरिदिनु होला ।🙏🙏

विदेश रहनु हुनेले सहयोगको लागि gofund link हेरिदिनु होला
https://gofund.me/01ac15ed

नेपालमा रहनुहुनेले सहयोगको लागी

eSewa Id: 9822577706 | swaraj shahi thakuri
Khalti I’d : 9848046213 | yubraj subedi
Bank: Machhapuchchhre Bank
A/C holder name: Yubraj Subedi
A/C number: 0540092366700011
Branch: Salyan
Donate ”

मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.