• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, कार्तिक १५, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न पर्यटन परिषद् स्थापना गर्ने घोषणा, क्रस-बोर्डर टुरिजम कनेक्ट सम्पन्न

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

  • ३. नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न पर्यटन परिषद् स्थापना गर्ने घोषणा, क्रस-बोर्डर टुरिजम कनेक्ट सम्पन्न

वैकुण्ठनाथ गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा महायज्ञ हुने

माघ १६ ,चितवन
लक्ष्मीवैकुण्ठनाथ मन्दिर, भरतपुर -४, धर्मचोक , लङ्कु, चितवनद्वारा संचालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ अनन्त श्रीविभूषित त्रिदण्डी पराङ्कुशाचार्य(शठकोप) जीयर स्वामी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, श्री वैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराजाचार्य लगायत देश-विदेशका प्रमुख सन्त-महात्मा,कथावाचक, विद्वान् , विचारकहरूको आशीर्वचन, दैनिक प्रवचन तथा पीठाधीश स्वामी जगन्नाथाचार्यको शिवसंकल्पमा डा. कमलनयनाचार्य रिजालको यज्ञाचार्यत्व तथा विश्व जागरण महाअभियान ट्रष्टका अध्यक्ष ईश्वरकृष्ण महाराजको निर्देशकत्वमा माघ २१ देखि फागुन ६ गतेसम्म श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ हुने भएको छ ।

Advertisement

सो कुरा आयोजकद्वारा महायज्ञ परिसरमा आज पत्रकार सम्मेलन गरी बताइएको हो । महायज्ञको प्रथम चरण माघ २२ देखि २८ सम्म्म यशोदादेवी कौण्डिन्य माता तथा द्वितीय चरण माघ २९ देखि फागुन ६ सम्म अन्तर्रास्ट्रिय ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजले राम-कृष्णकथामृत प्रवचन गर्ने आयोजकले जनाएको छ। महायज्ञको उद्घाटन हुन एक दिन अगि माघ २० गते दिउसो २ बजे मोटर-साइकल र्याली, महायज्ञको पहिलो दिन माघ २१ गते बिहान १० बजे लीला- झाँकीसहित विशाल शोभायात्रा एवम् उद्घाटन हुने तथा माघ २२ देखि फागुन ६ गतेसम्म बिहान ६ बजेदेखि १० बजेसम्म चार वेद, अठार पुराण, रामायण, महाभारत आदि धर्मग्रन्थ पारायण ,हयग्रीव- महालक्ष्मी-महासरस्वतीको विशेष आराधना-अर्चना, हवन, बिहान ११ बजेदेखि २ बजेसम्म प्रमुख वाचकबाट सङ्गीतमय श्रीरामकृष्णचरितामृत कथा-प्रवचन,दाता सम्मान, दिउसो २ बजेदेखि ४:३० बजेसम्म विशिष्ट आचार्य , विद्वान् विचारकहरूबाट प्रवचन , बेलुका ४ :३० बजेदेखि ५:३० बजेसम्म आरती, तीर्थ-प्रसाद वितरण, साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय कलाकारहरूबाट साङ्गीतिकभजन,लीला- झाँकी तथा नाटक प्रदर्शन हुने सो कार्यक्रममा सहभागी हुन समस्त वैदिक विद्याप्रेमीजनहरूलाई आयोजक समितिले आह्वान गरेको छ।

Advertisement

लक्ष्मीवैकुण्ठनाथ मन्दिरको प्रतिष्ठापूर्व नै २०२७ सालतिरबाटै अनौपचारिकरूपमा स्वामी , गुरु एवम् पुजारीहरूबाट विद्यार्थीहरूलाई यथोचित शिक्षा दिने कार्य चल्दै आएकोमा वर्तमान पीठाधीश जगन्नाथाचार्य स्वामीको अभिषेकपछि २०४१ सालबाट वेद-वेदाङ्गको अध्यापनका लागि गुरुकुलको स्थापना गर्ने कार्यलाई अगाडी बढाई २०४४ साल पुस २२ गते परमानन्द गुरुबाट उद्घाटन भएको सो गुरुकुलमा २०७१ सालमा सम्बद्ध प्रशासनिक निकायबाट कक्षा ६ को मान्यता प्राप्त गरी २०७६ सालदेखि क्रमशः कक्षा ९ हुँदै यसै वर्षदेखि कक्षा १२सम्म संचालन भइरहेको यस गुरुकुलमा अहिले देशका विभिन्न क्षेत्रबाट आएका ५५ जना विद्यार्थीहरूले आवासभोजनसहित नि: शुल्क शिक्षा लिइरहेको आयोजकले जनाएको छ। गुरुकुलमा हाल संचालित माध्यमिक तहको गुरुकुलीय संस्कृत शिक्षालाई सुव्यवस्थित , गुणस्तरीय र समृद्ध बनाउँदै उच्च शिक्षाका लागि आवश्यक पूर्वाधार तयार गरी स्नातक हुँदै स्नातकोत्तरसम्म पुर्याउने लक्ष्य लिइएको र सो लक्ष्य प्राप्तिका लागि हाल गुरुकुलमा रहेको कोष अत्यन्त न्यून रहेकाले जनसहयोगबाट एक बृहत् अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट गुरुकुल संचालन गर्न महायज्ञको आयोजना गरिएको संयोजक तथा गुरुकुल संचालक समितिका अध्यक्ष तुलसीराम सापकोटाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

सोमबार, माघ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न पर्यटन परिषद् स्थापना गर्ने घोषणा, क्रस-बोर्डर टुरिजम कनेक्ट सम्पन्न
हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.
    हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

  • ३.

  • ४.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ५.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ८.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.