बैशाख २७, चितवन । आइतबार साँझ हत्या भएका अनिल परियारलाई शहीद घोषणा गर्न नेपाली कांग्रेस चितवनले सरकारसँग माग गरेको छ। मंगलबार जिल्ला सभापति राजेश्वर खनालले विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा चुनावीप्रचारप्रसारमा खटिआएका आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण गरी हत्या गरेकोले तत्काल सत्ययतथ्य छानविन गरी दोषीमाथि कानुनी उपचार गराउनसमेत माग गरिएको छ। पाँच दलीय गठबन्धनबीचको संयुक्त छलफलबाट समेत उक्त घटनाबारे गम्भीरतापूर्वक लिई न्यायिक छानविन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ। भरतपुर १२ निवासी अनिल परियारको गत आइतबार साँझ करिब ७ः३० बजेको समयमा भरतपुर–७ कृष्णपुरस्थित खेलमैदान नजिकै विभत्स हत्या भएको थियो।
अनिल परियारलाई शहीद घोषणा गर्न कांग्रेसको माग
अनिल परियारलाई शहीद घोषणा गर्न कांग्रेसको माग
तपाईको प्रतिक्रिया


