• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ६. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ७. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ठूला दलबाटै आचारसंहिता उल्लङ्घन, मतदाता प्रभावित पार्न कम्बल र थर्मस वितरण


बैशाख २१, भक्तपुर । यही वैशाख ३० गते हुने पालिका चुनावमा ठूला राजनीतिक दलबाटै आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आज बुधवार भक्तपुरमा आयोजना गरेको चुनावबारे सञ्चारकर्मीसँगको अन्तरक्रियामा यस्तो बताइएको हो ।

Advertisement

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चुनावलाई प्रभावित पार्ने गरी मतदातालाई कम्बल र थर्मस बाँडिरहेको जानकारी पाएपछि प्रहरी पठाएर त्यसलाई रोकिएको बताउँदै उहाँले केही दलले आचारसंहिता विपरीत काम गर्न खोजेकाले यस्ता कार्यक्रमलाई रोक लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिइ भक्तपुरको सूर्यविनायक र चाँगुनारायणका केही वडामा मतदातालाई प्रभावित पार्ने गरी कम्बल र थर्मसलगायतका सामग्री बाँड्दै गर्दा हामी तत्कालै पुगेर रोक्यौँ, यहीँ बीचमा अनुमति लिन आएका झन्डै २० वटा कार्यक्रमलाई समेत चुनावमा प्रभावित पर्ने देखेर रोक लगाएका छाँ, सम्मान र पुरस्कार वितरणजस्ता कार्यक्रमलाई पनि रोक लगाएर चुनावपछि गर्न भनेका छौँ, निर्वाचन आचारसंहिता विपरीत दलको गतिविधिसमेतलाई रोक लगाउँदै आएका छौँ ।’

Advertisement

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठले ठूला दलबाटै आचारसंहिता उल्लङ्घन भइरहेको जानकारी दिँदै १९ वटा ठाउँबाट आचारसंहिता उल्लङ्घन गरी राखिएको दलहरूको प्रचार सामग्री हटाएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयका प्रतिनिधिले भक्तपुरमा निर्वाचन आचारसंहिता विपरीतका काम भइरहेको जनाउँदै मतदातालाई विभिन्न प्रलोभनमा पारि सामान बाँड्न सुरु गरेको बताउनुभयो ।

प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, ‘पार्टीका झण्डा, चुनाव चिह्न, फ्लेक्स लगायतका प्रचार सामग्री १८÷१९ ठाउँको हामीले हटाएका छौँ, कतिपय ठाउँमा त्यस्ता चुनाव चिह्न राखेका दलका स्थानीय नेता कार्यकर्तासँग त कतिपय ठाउँमा जिल्ला तहका नेतासँग कुरा गरेर हटाएका छौँ, यस्ता सामग्री राखेर आचारसंहिता उलङ्घन गर्नेमा चुनावमा रहेका मुख्य ६ दलकै रहेका छन् ।’ प्रचार सामग्री हटाउन ठूला दलहरूले नै अटेर गर्ने गरेको उहाँको भनाइ छ । गाडीमा पार्टीको झण्डा र चुनाव चिह्न, ब्यानर राखेर जाने गरेको भन्दै उहाँले पार्टी आफैँले आचारसंहिताको पालना गर्दै आफैँले अनुगमन गर्नुपर्नेमा आफैँले उल्लङ्घन गर्ने गरेको गुनासो गर्नुभयो ।

भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले विगतका चुनावमा भन्दा कर्मचारी आधा कम तर काम धेरै हुँदा कार्यसम्पादनमा चाप परेको बताउनुभयो । कर्मचारीले खानाको भरमा बिहान ७ बजेदेखि राति ७ बजेसम्म काम गर्नुपरेको उल्लेख गर्दै उहाँले त्यही कर्मचारी फेरि अनुगमन पनि जान सक्ने अवस्था अहिले कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी यहीँ बाटो ओहोरदोहोर गर्दा पनि अनुगमन गरिरहेकै हुन्छौँ, आचारसंहिता रोक्न सक्दो प्रयास गरेका छौँ, दलहरूले नै बनाएको आचारसंहिता दलहरूले नै पालना गर्नुपर्ने हो । राजनीतिक दल, पत्रकार, सचेत नागरिकले आचारसंहिता उल्लङ्घन भएको पाइए जानकारी गराउनुहोस्, हामी तत्काल रोक्छौँ, आवश्यक परे कारबाही गर्छौँ ।’

यद्यपि काठमाण्डौको तुलनामा भक्तपुरमा आचारसंहिता उल्लङ्घन निकै कम रहेको दाबी गर्दै उहाँले त्यसलाई पनि रोक्न सक्दो प्रयास गरिरहेको जानकारी बताउनुभयो । उहाँले मतगणनास्थलमा सीसी क्यामरा जडान भइरहेको जानकारी दिँदै मतदानका दिनमा मतदाता परिचयपत्र नभए नागरिकता, सवारी अनुमतिपत्र, लालपूर्जा लगायतका पहिचान खुल्ने कागजले पनि मतदान गर्न पाइने बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले सञ्चारमाध्यम र सञ्चारकर्मीले मान्नुपर्ने निर्वाचन आचारसंहिताका बारेमा जिल्लाका क्रियाशील पत्रकारलाई जानकारी दिनुभएको थियो । कार्यक्रममा क्रियाशील पत्रकार मञ्चका अध्यक्ष एवम् पत्रकार रमेश गिरीले चुनावका दिन समाचार, तस्बिर तथा भिडियो सङ्कलनका सहजता प्रदान गर्न, सवारी पासको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले मतगणनास्थलमा सञ्चार कक्षको स्थापना गरेर सहजै मतगणनाको नतिजा सञ्चारकर्मीलाई उपलब्ध गराउने व्यवस्था गर्न, मतगणनास्थलमा मतपत्र खन्याउँदै गरेको तस्बिर तथा भिडियो लिने व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ६.
    शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.