बैशाख २१, कपिलवस्तु । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने किशोर पक्राउ परेका छन् ।
प्रहरीले कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी लाई आज (बुधबार) पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
Advertisement
उनले म्यादी प्रहरीको पोशाकमा भिडियो बनाएर आफू म्यादी प्रहरी भएको भन्दै टिकटकमा पोष्ट गरेका थिए । प्रहरीका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल भएका युवक म्यादी प्रहरी होइनन् ।

