बैशाख ११, काठमाडौं । ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत लेखा पनेरु घुससहित पक्राउ पर्नुभएको छ । पनेरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस रकम लिइरहेका बेला पनेरुलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
Advertisement
गएको साउनदेखि चलेको यो प्रक्रियाको कागजी प्रक्रिया भइसकेको र लेनदेनकै कारण सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा पनेरु पक्राउ परेका हुन् ।

