• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

अब सामाजिक सुरक्षा कोषको परिचयपत्र देखाएर उपचार सुविधा पाइने


बैशाख ०८, काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको स्वास्थ्य उपचार सुविधालाई व्यवस्थित बनाएको छ । अब कोषमा सूचीकृत योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर विभिन्न अस्पतालबाट उपचार सेवा लिन सक्ने भएका छन् ।

Advertisement

यसअघि योगदानकर्ताले सूचीकृत अस्पतालमा उपचार गरेको बिल पेस गरेर उपचार सुविधा लिँदै आएका थिए । कोषले देशभरका एक दर्जन बढी अस्पतालसँग सम्झौता गरी योगदानकर्ताले परिचयपत्र देखाएर औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधा लिनसक्ने व्यवस्था मिलाएको छ ।

Advertisement

योगदानकर्ताले बिर्तामोडकाे मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, विराटनगरकाे विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र हाम्रो अस्पताल, सर्लाहीकाे नमुना सामुदायिक अस्पताल र वीरगञ्जकाे नेशनल मेडिकल कलेजबाट परिचयपत्र देखाएर उपचार सुविधा लिन सक्नेछन् । यस्तै चितवनकाे पुरानो मेडिकल कजेज, भैरहवाकाे युनिभर्सल मेडिकल कलेज, बनेपाकाे शिर मेमोरियल अस्पताल तथा काठमाण्डाैका हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल र काठमाण्डाै मेडिकल कलेजबाट याे सुविधा लिन सकिन्छ ।

कोषमा अहिले सातै प्रदेशका एक सय १८ अस्पताल सूचीकृत भएका छन् । सूचीकृत सबै अस्पतालसँग सम्झौता गरेर परिचयपत्र देखाएर योगदानकर्ताले उपचार सुविधा लिन सक्ने व्यवस्था मिलाउन लागिएको कोषका उपनिर्देशक रोहित रेग्मीले बताउनुभयो ।

योगदानकर्ताले परिचयपत्र देखाएर उपचार सुविधा लिँदा सुविधाको कुल खर्चको २० प्रतिशत बेहाेर्नुपर्छ । ८० प्रतिशत रकम भने अस्पतालले कोषबाट दाबी गर्नेछन् । अस्पतालले सुविधा थैलीमा तोकिएको रकम मात्र कोषबाट लिन पाउनेछन् ।

परिचयपत्र देखाएर उपचार सुविधा लिन सक्ने व्यवस्था भएसँगै योगदानकर्ताले उपचार खर्चको बिल कोषमा पठाएर भुक्तानी लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । योगदानकर्ताले आफूले पहिले पैसा तिरेर उपचार गर्नुपर्ने र उपचारपछि कोषमा भुक्तानी लिनुपर्ने झन्झट अन्त्य भएको सहप्रवक्ता रेग्मीले बताउनुभयो ।

योगदानकर्ताले कोषमा सूचीकृत अस्पतालबाट मात्र त्यस्तो सुविधा पाउनेछन् । उपचार सुविधाका लागि पछिल्लो तीन महिना नियमित योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्छ ।योगदानकर्ताले कोषमा सूचीकृत जुनसुकै अस्पतालबाट उपचार सुविधा लिन सक्नेछन् । योगदानकर्ताले एक आर्थिक वर्षमा एक लाख रुपैयाँमा नबढ्ने गरी बहिरङ्ग र अन्तरङ्गअन्तर्गतका उपचार खर्च सुविधा प्राप्त गर्नेछन् । यसमा २० प्रतिशत योगदानकर्ताले बेहोर्नुपर्छ ।

बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.