• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ७. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

६ वटै महानगरमा तालमेलको विपक्षमा कांग्रेस


बैशाख ०५, काठमाडौं । सत्तारूढ पाँच दलले देशैभर स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउँदै गर्दा नेपाली कांग्रेसको महानगर कार्यसमिति भने धमाधम तालमेलको विपक्षमा उभिएका छन् ।

Advertisement

देशका ६ वटै महानगर कार्यसमिति र महानगरका वडा समितिहरू नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले गरेको तालमेलको निर्णयप्रति असन्तुष्ट छन् । उनीहरू कुनै हालतमा केन्द्रले थोपर्ने तालमेलको निर्णयविरुद्ध उत्रने तयारीमा छन् ।

Advertisement

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा ६ महानगरपालिकामध्ये कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिकामा जित हात पारेको थियो । वीरगन्ज महानगरमा जसपा, पोखरा र काठमाडौंमा नेकपा एमाले तथा भरतपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।

यसपटक भरतपुर महानगरपालिकामा कांग्रेस कुनै हालतमा अरू दलसँग तालमेल गरेर महानगरको प्रमुख पद छाड्ने पक्षमा छैन । भरतपुर महानगरमा शनिबार केही क्रियाशील सदस्य तथा साधारण सदस्यहरूले तालमेलविरुद्धमा पार्टी परित्याग गर्नेसम्मको घोषणा नै गरिसकेका छन् ।

यसैगरी वीरगन्ज महानगरपालिकामा पनि कांग्रेस प्रमुख पद छाडेर अरू दलसँग तालमेल गर्ने पक्षमा छैन भने काठमाडौं महानगर कांग्रेससमेत ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका नेतृत्व छाडेर अन्य दलसँग चुनावी तालमेल गर्ने पक्षमा छैन । यस्तै, पोखरा र विराटनगर महानगरमा पनि कांग्रेस स्थानीय तह निर्वाचनमा तालमेलको विपक्षमा छ ।

कांग्रेस काठमाडौं महानगर कार्यसमितिका सचिव सुसन वैद्यले काठमाडौं महानगर कांग्रेस कुनै दलसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने निर्णय गरेको जानकारी दिए ।

‘काठमाडौं महानगरमा कांग्रेस चुनावी तालमेलको पक्षमा छैन, महानगर कार्यसमितिको बैठकमा कार्यसमितिका सबैको राय एक्लै चुनावी मैदानमा उत्रिनुपर्छ भन्ने आएको छ, हामी त्यहीअनुसार अघि बढ्छौं,’ काठमाडौं महानगर कांग्रेसका सचिव वैद्यले राजधानीसँग भने ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भरतपुरमा कांग्रेसले कुनै दलसँग तालमेल नगर्ने बताए । ‘भरतपुरमा कांग्रेसले कुनै दलसँग तालमेल गर्दैन, हाम्रो निर्णय यही हो, भरतपुर महानगरका सबै वडाबाट कांग्रेस एक्लै चुनावमा उत्रने निर्णय भइसकेको छ, जिल्ला कार्यसमितिको निर्णय पनि त्यही हो,’ सभापति खनालले भने ।

कांग्रेस पोखरा महानगरका नेता गंगाधर पराजुलीले पोखरा महानगरपालिकामा पनि कांग्रेसले कुनै दलसँग तालमेल नगर्ने निर्णय गरेको जानकारी दिए ।

ललितपुर र विराटनगर महानगरपालिकामा यसअघि नै जित हात पारेको कांग्रेसले तालमेल हुँदासमेत ती महानगरमा नेतृत्व छाड्ने पक्षमा छैन । विराटनगर महानगर कार्यसमितिले कुनै पनि पदमा अन्य दललाई भाग नदिने निर्णय नै गरिसकेको छ ।

वीरगन्ज महानगरपालिकामा यसअघि जसपाले प्रमुख पदमा जित हात पारेको भए पनि यसपटक कांग्रेस र जसपाबीचमा नै प्रतिस्पर्धा हुने देखिएको छ । पर्सा कांग्रेसले शनिबार वीरगन्ज महानगरमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय नै गरिसकेको छ ।

गठबन्धन आबद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध सत्ता गठबन्धनका शीर्ष नेताहरूले भने साझेदार दलले जितेका पालिका उनीहरूले नै पाउने र एमालेले जितेका पालिकामा भागबन्डा गर्ने गरी सैद्धान्तिक सहमति गरिसकेका छन् । त्यहीअनुसार ६ महानगरमा भागबन्डा गर्दा ललितपुर र विराटनगर कांग्रेस, भरतपुर माओवादी केन्द्र, वीरगन्ज जनता समाजवादी पार्टी (जसपा)ले पाउने तय छ । एमालेले जितेका काठमाडौं र पोखरामा भने भागबन्डा हुनेछ ।

काठमाडौंमा कांग्रेसले छाड्ने सम्भावना कम छ । सकेसम्म पोखरामा पनि प्रमुख आफैं राखेर उपप्रमुखसम्ममा गठबन्धन साझेदारलाई ल्याउने कांग्रेसको तयारी छ । राजधानी दैनिकमा खबर छ ।

सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.