चैत्र २६, चितवन । दुई वर्षपछि लागेको विक्रम बाबा मेलामा आज चैते दशैको दिन भक्तजनको घुइँचो लागेको छ ।कोरोनाका कारण गएको दुई वर्ष रोकिएको मेला यस वर्ष चैत १८ गतेदेखि सुरु भएको होे ।
बिक्रमबाबा मेला हेर्न नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट पनि भक्तजनहरु आउने गरेका छन् । बिक्रमबाबा मेला चैते दसैँको अवसर पारेर लाग्ने गर्छ । यस वर्ष पनि वैशाख ३ गते पूर्णिमासम्म मेला लाग्नेछ । बिक्रमबाबाको पूजाको सुरुवात परापूर्व कालदेखि थारुजातिले गरेको भए पनि पछिल्लो समय अन्य जातजातिहरुको पनि आस्था विक्रम बाबामा छ ।
विक्रमबाबामा भाकल पूरा भएपछि यही अवसर पारेर राँगा, बोका र परेवाको बली चढाउने समेत प्रचलन छ । बिक्रम बाबामा पुजा एक भक्तजन मिना कुमारी भन्छिन्,” विशेष गरेर सन्तान प्राप्तिका लागि बिक्रम बाबाको पुजा गरिने गरिन्छ “।अर्को एक भक्तजन हरि पाण्डे भन्छन् ,” दुई वर्ष अगाडि भाकल गरेको थिए त्यो पूरा भए पछि अहिले बोका लिएर पुजा गर्न आएको हो ।
पूर्वपश्चिम राजमार्गको भरतपुर चौबिसकोठीबाट झण्डै ४५ मिनेटको दूरीमा विक्रम बाबा पुग्न सकिन्छ । मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ । साँझ ५ बजेपछि जंगली जनावारको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको हो । मेलाका लागि केरुङ्गा उपभोक्ता समिति, पटिहानी उपभोक्ता समिति र घैलाघारी सामुदायिक वन कार्यालयले व्यवस्थापनको काम गरिरहेका छन्।

