चितवन- नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नम्बर १४ काे अध्यक्षमा विष्णु बहादुर भुजेल निर्वाचित भएका छन् ।मंगलबार भएको वडा अघिवेशनले भुजेलकाे नेतृत्वमा पदाधिकारी टुंगिएको हाे ।हरिश्चन्द्र दाहाल र जिवन कंडेलले समेत अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
कार्यसमितिका २५ जना सदस्य नै मतदाता रहेको अघिवेशनमा भुजेलले १४ मत प्राप्त गरि विजयी भएका निर्वाचन संयोजक ऋषिराम चापागाईंले बताएका छन् ।अध्यक्षका उम्मेदवार दाहाल र कंडेल मतदान प्रकृयामै सहभागी भएनन् ।उपाध्यक्षमा उम्मेदवारी नै परेन ।
सचिवमा अनिल भट्टराई, सह-सचिवमा बालकृष्ण गाैतम र काेषाध्यक्षमा हरिभक्त पाैडेल निर्विरोध निर्वाचित भए ।
निर्वाचित वडाध्यक्ष विष्णु बहादुर भुजेल भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य समेत हुन् ।भुजेलसँग शैक्षिक गणतान्त्रिक मंच र ईस्टु चितवनकाे नेतृत्व लिएको अनुभव छ ।भुजेलले स्नातकोत्तर तह सम्म अध्ययन गरेका छन् ।
भरतपुर १४ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड), राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल, भरतपुरकी मेयर रेनु दाहाल समेतकाे गृह वडा हाे ।


