बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएर इतिहास रचेको नेपाली फिल्म ‘साम्बाला’ चितवनको सिजि ल्यान्डमार्कमा रहेको क्युएफएक्स हलमा बुधबार स्पेशल स्क्रीनिङ हुदै।
निर्देशक मिन भाम र अभिनास विक्रम शाहको कथा लेखन रहेको चलचित्र ‘साम्बाला’ बुधबार साझ ५ बजे देखाइन लागेको हो। फिल्मले बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रालाई फिल्मको पर्दा मार्फत प्रस्तुत गरेको छ ।
Advertisement
साढे दुई घण्टा अवधिको चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । साम्बालामा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य लगायतको अभिनय रहेको छ ।

