• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

दिनेशको दिनचर्या : राजनीतिसंँगै मेडिकल व्यवसायमा स्थापित हुंँदै


कार्तिक १५, चितवन ।
तीन दशक काटेका उनलाई भेटेका जो कोहीले पनि सम्झने उनको विशेषता हुन् – पातलो शरीर, गालामा टम्म दारी, हंसिलोपन र मिलनसार स्वभाव । झण्डै डेढदशक अघिदेखि राजनीति र फार्मेसी दुई भिन्न क्षेत्रमा आफ्नो आवद्धतालाई निरन्तरता दिएका छन् उनी । भरतपुरको चौबिसकोठीबाट हस्पिटल रोड जाने सडक शुरू हुने वित्तिकै बायाँ पट्टी साँघाइ मेडिकल हलमा जो कोहीको पनि आँखा पर्छ । त्यहीँ जम्काभेट हुन्छ यी खिरिलो शरीरका दारीवाल दिनेश पौडेलसँग । बिहानदेखि बेलुका अबेरसम्म नै उनको समय त्यहीं बित्ने गरेको छ ।

Advertisement

राजनीतिमा पनि उत्तिकै दख्खल छन र फार्मेसी पेशामा पनि अब्बल उनी अहिलेको यो अवस्थामा त्यसै पुगेका होइनन् । जीवनको उत्तारचढाव भोगे । परिश्रम र कामको निरन्तरता अपनाए । उनलाई यहाँसम्म ल्याउन यिनै कुरा मूलमन्त्र बने जसले भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीका उनलाई संघाई मेडिकल हल मालिक बनायो।

Advertisement

उनको विगत र संघर्ष जति प्रेरणादायी छ परिवारको आर्थिक अवस्था भने त्यस्तो दयनीय छैन । बाबुका दुईसन्तान त्यसमध्ये पनि कान्छो छोरा दिनेशलाई पैसा र मायाको कमी हुने कुरै भएन । भरतपुर महानगरपालिकामा पुरानै बासिन्दा , आफूलाई पुग्ने खेतबारी र बाबुको सरकारी शिक्षकको जागिरले पनि उनी आर्थिक हैसियत पनि राम्रै हुने नै भयो । ‘मेरो परिवारमा मै अभाव र दबाब कहिल्यै झेल्नु परेन, मलाई अभाव भन्ने कुन चराको नाम हो त्यो बेलामा के थाहा ? तर सानैदेखि म आफै केही गर्नुपर्छ भन्ने अठोट चाहीं थियो । ’ दिनेश बाल्यकालमा फर्कन्छन ।
त्यसो त उनी अध्ययनमा पनि उत्तिकै अब्बल थिए ।

प्राथमिक शिक्षा प्रेमवस्ती स्कुलबाट लिएका उनको अध्ययन अब्वल थियो । त्यसैले उनको उच्च शिक्षा पढ्ने बाटो बन्यो भरतपुरको स्कुल अफ हेल्थ साइन्स। ‘त्यसपछि महिला मेडिकल फिल्ड पढ्ने सानैदेखिको मेरो ईच्छा थियो अनि भर्ना भएँ’ मेडिकल क्षेत्रमा प्रवेश गर्दाको समय उनी सम्झिन्छन । पढाईमा अब्बल उनी आफ्नो राजनीीतक इच्छा र अठोटलाई पनि अघि बढाउँदै लगे । ‘म श्री मेडिकल कलेजको नेपाल विद्यार्थी संघ, कलेज इकाईको अध्यक्ष पनि भए विद्यार्थीको समस्यामा म सधै सारथी बनिरहें’ उनी भन्छन् ।

स्कुल अफ हेल्थ साईन्सबाट १२ पास गरेपछि भने उनी भरतपुरकै श्री मेडिकल कलेजमा व्याचलर इन फार्मेसी भर्ना भए । त्यतिवेलासम्म उनले जिल्लामा राजनीतिमा समेत अलग छाप बनाईसकेका थिए । त्यसपछि उनी नेविसंघको जिल्ला उपाध्यक्ष हुंँदै अध्यक्ष पनि बने । उनी विद्यार्थी आन्दोलन , पार्टीको आन्दोलन र ०६२÷६३को आन्दोलनमा पनि उत्तिकै सक्रिय र अगुवाई गरिरहे । ‘म विद्यार्थीको ०६२÷०६३को आन्दोललनमा नेतृत्व पंत्तिमै थिएं , मेरो कानबाट गोली गएको मलाई हिजो जस्तै लाग्छ ।‘ उनी सम्झन्छन् । व्याचलर इन फार्मेसी पढ्दा पढ्दै काम पनि गर्दै आएका उनले भरतपुरका केही निजी अस्पताल र भरतपुर सरकारी अस्पतालको फार्मेसी विभागमा काम गरेको राम्रो अनुभव पनि छ ।

फार्मासिष्ट बनिसकेका उनले भरतपुरको क्यान्सर अस्पताल अगाडि एकदशक अघि सञ्चालनमा आएको द तीर फार्मेसी, दुईबर्ष अघि चौबीस कोठीमा सञ्चालनमा आएको सांघाई मेडिकल हल र औषधिको थोक विक्रेता तीर सप्लायर्स सम्हालिरहेका छन । उनी व्यवसायमा मात्रै सक्रिय छैनन , समाजसेवामा पनि उत्तिकै सक्रिय देखिन्छन् र राजनीतिलाई पनि सँगै लगेका छन् । पार्टीले गरेको र अह्राएको जुनसुकै काम पनि उनी छुटाउंदैनन । ‘म भुकम्पमा गोर्खा राहत सामाग्री लिएर गएँ । चितवनको हरेक दुर्गम वस्तीमा स्वास्थ्य शिविर राखिन की, रक्तदान कार्यक्रम त कति गरियो कति गरियो । ’ उनी गर्वसाथ सुनाउँछन् ।

हाल उनी सांघाई मेडिकल हलमा बिहान सबेरै र राती अबेरसम्म आफूलाई सक्रिय गराइरहेका छन । ‘राजनीति त विशुद्ध समाजसेवा हो’, उनको बुझाइ छ । ‘राजनीतिलाई निरन्तरता दिन र आफू बांच्न पनि व्यवसाय त गर्नै पर्यो ।’ उनले जसरी राजनीति उचाई प्राप्त गरे त्यतिनै फार्मेसी व्यवसायमा पनि फड्को मारेका छन । यस क्षेत्रमा लागे पछि उनलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।पछिल्ला दुई वर्षको अवधिमा उनको पसलमा सेवाग्राहीको संख्या बढ्दै गएको छ । दैनिक दुई सयभन्दा बढी सेवाग्राही उनकोमा औषधि किन्न पुग्छन् । जुनसुकै कम्पनी र जुनसुकै बिरामीका लागि औषधि एकै ठाउंँमा पाइने भएकोले पनि भीड हुने गरेको दिनेशको बुझाइ छ ।

‘बिरामीले खोजेकै ब्राण्डमा आौषधि दिन्छौं , त्यसले पनि धेरैलाई आकर्षित गरेको छ ।डाक्टरले जुन ब्राण्डको औषधि लेख्छन, बिरामीले त्यही ब्राण्डको खोज्नुहुन्छ, हामी बिरामीले खोजेकै औषधि दिन्छौं ।” दिनेश भन्छन् । यही विशेषताले गर्दा थाईराईड, उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घरोगको नियमित औषधि खानेहरु पाँच सय जनाभन्दा बढी साङ्घाईका नियमित सेवाग्राही भएको उनको दाबी छ ।

बिहान ६ बजेदेखि राती १० बजेसम्म सेवा दिने साङ्घाईमा आएपछि यो औषधि पाईदैन भन्ने नभएकै कारण आफूलाई सफलता मिलेको दिनेशको अनुभव छ । ‘म अरुले खोल्नुभन्दा अघि पसल खोल्छु, अरुले बन्द गरेपछि मात्र पसल बन्द गर्छु’ उनी व्यवसायिक भिजन र सेवा बारे प्रष्ट हुन्छन।

भरतपुर १२ स्थित श्री मेडिकल एण्ड टेक्निकल कलेजबाट बीफर्माको अध्ययन पूरा गरेपछि उनले बिसं. २०७१ सालबाट भरतपुर अस्पतालमा फर्मासिस्टको जागिर खाए । अस्पताल विकास समितिको करार पदमा रहेर उहाँले ६ वर्ष बिताए । तर मेडिकल क्षेत्रबाट आत्मसन्तुष्टि भने अहिले उनलाई मिलेको छ ।

त्यसो त दिनेशको बि.सं. २०६८ सालमा नै दर्ता भएर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि सञ्चालनमा रहेको तिर फार्मेसी थियो । फुर्सदको समयमा आफूले हेर्ने र अन्य समयमा उनका दाजुले हेर्दै आएका तिर फार्मेसीलाई अहिले थोक पसलका रुपमा विस्तार गरेका छन ।

हाल नेपाल स्वास्थ्यकर्मी संघ चितवनको सहसचिव रहेका राजनीतिमा पनि उत्तिकै दिलचस्पी राख्छन । ‘म जति औषधिमा अपडेट राख्छु त्यति नै राजनीतिमा अपडेट छु ।’ उनी सुनाउँछन् ।
उनलाई पढ्न र काम गर्न विदेश जाने अफर नआएको होइन । तर उनले कहिल्यै विदेश जाने मन गरेनन । ‘विदेश त नलेज र घुम्न जाने ठाउंँ हो काम त आफ्नै देशमा गर्नुपर्र्छ ।’ देशभक्तिको भाव उनमा सहजै झल्किन्छ । हाल उनको सबै फार्मेसीमा गरी ७ जना बढीले रोजगारी पाएका छन भने २० वटा भन्दा बढी औषधि कम्पनी डिलरसीप लिएका छन उनले ।
आगामी दिनमा फार्मेसीलाई थप विस्तार गर्दै स्वदेशमा उद्यमशील र रोजगारी सिर्जना गर्ने उनको धोको छ । ‘गरे के हुंँदैन ,गर्ने नै आफ्नै देशमा हो, मर्ने पनि स्वदेशमै हो । ’उनको बुझाई छ ।
सयौं युवा दैनिक काम र मामको लागि भौतारिदै देश छोड्दा उनी राज्यप्रति पनि गुनासो राख्छन । ‘युवाशक्ति भनेको राज्यको सम्पत्ति हो । ‘हाम्रै छिमेकी भारत आर्थिक रुपमा कति अब्बल छ हामी भने झन् तल तल भएका छौं सरकारले उत्पादन गर भनेर मात्रै हुंँदैन उपभोग गर्ने लक्षित वर्गलाई पनि रोक्नु पर्छ ।’ उनको निश्कर्ष छ ।

‘’दैनिक दिनेश जस्ता सयौं युवा रोजगारको लागि विदेशिएर देश रित्तिदै गएका बेला यिनको मेहनत र लगाव र ईच्छाशत्तिले देशमै अन्य युवालाई पनि केही गर्ने वातावरण प्रेरणा मिल्यो भने अवश्य पनि देशक मुहार फेरिनेमा दुईमत छैन ।

बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.