असोज १६,चितवन ।
विजया दशमीको अवसरमा भरतपुरमा पहिलो पटक प्रथम विश्वप्रकाश कप हुने भएको छ । भरतपुर महानगर वडा नं १५ स्थित विश्वप्रकाश स्कुल टोल विकास संस्थाको आयोजनामा सेभेन ए साइड खुला नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा जिल्ला भित्रका करिब ३० टोलीको सहभागिता रहेने. सो कार्यक्रमका संयोजक अर्जुन कुमार श्रेष्ठले आज (बुधबार) पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
प्रतियोगितामा प्रथम ह्ने टोलीले ५० हजार १ सय ११ रुपैया सहित प्रमाण पत्र मेडल र ट्रफि प्राप्त गर्ने श्रेष्ठले बताए । दोस्रो हुने टोलीले नगद ३१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने श्रेष्ठको भनाइ छ । त्यस्तै, उत्कृष्ट गोलरक्ष, डिफेन्डर, खेलाडी, सर्वाधिक गोलकर्ताले ३÷३ हजार सहित ट्रफि प्राप्त गर्ने छन् । भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई पाँच सय रुपैँया प्रदान गरिने श्रेष्ठले बताए ।
प्रतियोगिता विश्वप्रकास माध्यामिक विद्यालयको खेल मैदानमा असोज १७ गते देखि शुरु भएर २० गते सम्म चल्ने टोलविकास संस्थाका अध्यक्ष वालकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताले यस क्षेत्रको खेल विकास र खेलाडीको क्षमता विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ ।

