चितवन – भरतपुरमा बैदिक आयुर्वेद दोस्रो वडा अध्यक्ष भेट्रान कप फुटबल हुने भएको छ ।नवज्योति राइनोज क्लबको आयोजनामा यहि असोज १६ गते देखि २४ गतेसम्म वडा अध्यक्ष भेट्रान कप हुने भएको हो ।
आज (आइतबार) भरतपुरमा पत्रकार समेलनको आयोजना गरी भरतपुर वडा नं ६ मा हुने खेलमा वडा भित्रका टोलहरु मात्र सहभागी रहने जनाईएको छ । अन्तर टोल स्तरीय प्रतियोगिता ए साइड फर्म्याटमा हुने आयोजकले जानकारी दिएका छन् ।
यस प्रतियोगितामा मैदानभित्र ८ जना र अतिरिक्त ५ जना गरी १३ जना खेलाडी हुनेछन् । साथै १ जना कोच र १ जना टिम म्यानेजर हुनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० केजीको खसी र आर्कर्षण ट्रफि प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने टिमलाई ३५ केजीको खसी र ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिता नवज्योेति राइनोज क्लबको खेलमैदानमा हुने छ भने प्रतियोगिताको सबै खेल फिफाको नियम अनुसार हुने आयोजकले बताएको छ ।

