• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, असोज ०१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

एटुजेड समाचारद्वारा आयोजित आर्टिकल प्रतियोगिताको नतिजा घोषणा


चितवन – एटुजेड समाचार डटकमद्वारा आयोजित दोस्रो तीज बिशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आज (शुक्रबार) भरतपुर स्थित चितवन गार्डेन रिसोर्टमा “मौलिक तीज पर्व र यसका चुनौती” बिषयक आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

उक्त लेखन आर्टिकल प्रतियोगितामा पत्रकार सुजिता हमाल प्रथम भएकी छन् । प्रथम भएसँगै उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै पत्रकार करुणा देवकोटा द्वितीय भएकी छन् । उनले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन्।

Advertisement

त्यस्तै पत्रकार चाँदनी हमाल तृतीय भएकी छन् । उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् भने बिष्णु गौतम सान्त्वना पुरस्कार जित्न सफल भएकी छन् । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

प्रतियोगितामा फेसबुक पेजमा लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरि पुरस्कृत गरिएको हो ।

आर्टिकल प्रतियोगितामा २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । जसमा दिवा भट्टराई, दुर्गा कुमारी रेग्मी, सुधा देवकोटा, निरु लामिछाने, करुणा देवकोटा, केशु लामिछाने, बिनिता कडेल, सबिता श्रेष्ठ, चाँदनी हमाल, रेखा देवकोटा, कल्पना आचार्य, सर्मिका ढुवाडी, सुरक्षा बराल, पूजा लम्साल, गीता घिमिरे, श्रीजा थापा, सुजिता हमाल, रबिना पौडेल, बिष्णु गौतम, सुनिता सुवेदी, सविता महतो, बसुन्धरा गौतम, निरुता बिक, संगिता आचार्य र सिम्रन क्षेत्री रहेका थिए ।

सो कार्यक्रममा निर्णायक संयोजकमा भरतपुर प्रज्ञा प्रतिष्ठानका सचिव बालकृष्ण थपलिया, निर्णायकमा त्रिभुवन विश्वविद्यालय, विरेन्द्र बहुमुखी क्याम्पस नेपाली विभाग डा. एकनारायण पौडेल, नेपाल संस्कृत विश्वविद्यालय, कालिका विद्यापिठ गैंडाकोट नेपाली विभाग डा. केशव चालिसे र नेपाल साहित्य परिषद् सचिव शान्ती शर्मा रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल रहेकी थिईन् । उनले महिला पत्रकारलाई सम्मान गर्दै चितवनमा नै पहिलो पटक यस्तो खालको प्रतियोगिता आयोजना गरेको भन्दै आयोजक टिमलाई धन्यवाद व्यक्त गरिन् ।

भरतपुर महानगरपालिकामा महिला नेतृले नेतृत्व गर्दै गर्दा चितवनका महिला पत्रकारहरुसँग हातेमालो गरेर सहकार्य गर्न सधैं तयार रहेको बताईन् । उनले पत्रकार देशको चौथो अङ्ग भएकाले समाजमा नयाँ ढङ्गले लेखन कार्यलाई अगाडी बढाउन यस्तो खालको प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।

कार्यक्रममा विशिष्ट अतिथी पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी रहेका थिए । उनले यस्ता खालका कार्यक्रम पत्रकारहरुको साझा संगठनले गर्नुपर्नेमा प्राईभेट मिडिया कम्पनीले गतबर्षदेखी शुरु गरी निरन्तरता दिईरहेको अवस्थामा आयोजकलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै उनले नेपाल सरकार एवम् भरतपुर महानगरपालिकाबाट पत्रपत्रीका एवम् रेडियोहरुले लोक कल्याणकारी बिज्ञापन पाईरहँदा छिटो छरितो समाचार सम्प्रेशण गर्ने अनलाइन मिडियाहरुले नपाएकोमा चिन्ता व्यक्त गर्दै भरतपुर महानगरले अनलाइन मिडियाहरुलाई पनी लोक कल्याणकारी बिज्ञापनको व्यवस्था मिलाईदिनुहुन महानगर प्रमुखसँग आग्रह समेत गरे ।

कार्यक्रमका सभापती एवम् एटुजेड समाचारका अध्यक्ष किशोर चन्द्र सापकोटाले चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा बिदेशमा समेत रहेका महिला पत्रकार सञ्चारकर्मीहरूलाई पुनः चितवनसंग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको बताए ।

उनले आर्टिकल लेखन प्रतियोगितामा सहभागी हुने सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गरे । गत बर्ष देखि शुरु भएको आर्टिकल लेखन प्रतियोगितालाई अगामी बर्षहरुमा पनि निरन्तरता दिदै जाने उनको भनाई थियो ।

उक्त प्रतियोगिता एटुजेडले समाचारले शुरुवात गरेता पनि आगामी बर्षदेखि अझै परिस्कृत रुपमा सम्पूर्ण सन्चार क्षेत्रकै साझा कार्यक्रमको रुपमा अगाडि बढाउने योजना रहेको समेत बताए ।

कार्यक्रममा अतिथी प्रेस चौतारी चितवनका अध्यक्ष सुबास पण्डित, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सिन्धु ढकाल, प्रेस सेन्टर चितवनका उपाध्यक्ष राजेन्द्र आचार्य, संचारिका महिला समुहका अध्यक्ष अजिता अधिकारी, वरिष्ठ फिजिसियन तथा समाजसेवी डा. भोजराज अधिकारी लगायत बोलेका थिए ।

साथै कार्यक्रममा कार्यक्रमको अतिथी टाईटल स्पोन्सर निप्पोन एजुकेशनल सेन्टरका प्रबन्ध निर्देशक रुकु काफ्ले भट्रराई, टाटा पेन्टेनस प्रालिका निर्देशक आगमन आचार्य, गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल प्रालिका अध्यक्ष प्रकाश रिजाल विभिन्न मिडियामा आबद्द पत्रकार तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रम सन्चालन पत्रकार बाल गोबिन्द न्यौपानेले गरेका थिए ।

शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.