चितवन,भदौ ३०।
डा सजन केसीको निधन भएको छ। भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा केसीको ४४ वर्षको उमेरमा हृदयघातका कारण आज काठमाडौँमा निधन भएको हो। विगत ६ बर्षदेखि भरतपुर अस्पतालमा काम गर्दै आएका केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो।
Advertisement
उनी अस्पतालका १० औं तहका चिकित्सक हुन्। डा के.सी. विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत थिए।


