भदौ १८ चितवन।
गैडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले भदौ २९ गते रहेको बाल दिवसको अवसर पारेर भदौ २८ गते प्लस टू लेबल इन्टर कलेज क्विज प्रतियोगिता गर्ने भएको छ।
इन्टर कलेज क्विज प्रतियोगिता देश भरका प्लस टू अध्यनरत विद्यार्थीहरु सहभागिता हुन पाउने छन्। क्विज अक्सफोर्ड कलेजमा स्नातक तहमा अध्यरत विद्यार्थीहरु नविन न्यौपाने, युवाराज सापकोटा, नारायण पौडेल, लिसारा बराल, शिशिर नेपाल, अवय शाहा, आभास आचार्य र सुजन भण्डारी आयोजक कमिटी सदस्य रहेर आयोजना गर्न लागिएको हो। समुह दर्ता गराउन ९८६५५४४६७९ र ९८४०२३२५४१ मा सम्पर्क गर्न सकिने छ।
Advertisement
प्लस टू लेबल इन्टर कलेज क्विज प्रतियोगितामा प्रथम हुने समुहले नगद रू १० हजार, दोस्रोले नगद रू ६ हजार र तेस्रो हुने समुहले नगद रू ४ हजार सहित प्रमाणपत्र समेत प्राप्त गर्ने छन्।

