भरतपुर – रोट्रयाक्ट क्लब अफ नारायणगढको १३औं पदस्थापन समारोह भव्यतासँग सम्पन्न भएको छ। क्लबको नयाँ अध्यक्ष कुशल लामिछानेको नेतृत्वमा आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का प्रमुख डिस्ट्रीक्ट रोटेरियन रिसोर्स (डि.आर.आर.) विक्रम क्षेत्री प्रमुख अतिथि थिए।
समारोहको प्रमुख आकर्षण क्लबको नयाँ कार्यसमिति सदस्यहरूको शपथ ग्रहण थियो, जसलाई अध्यक्ष कुशल लामिछानेले सम्पन्न गरे। यस अवसरमा, वर्ष २०२३–२४ का उत्कृष्ट सदस्यहरूलाई पूर्व अध्यक्ष नबिन पोद्दारले सम्मानित गरे।
समारोहमा उपस्थित विशिष्ट अतिथिहरूमा डि.आर.आर. इलेक्ट दिनेश गैरे, रोटरी क्लब अफ नारायणगढका अध्यक्ष तरणनाथ पाठक, रोट्रयाक्ट क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष मनोज पिया, रोट्रयाक्ट जोन १४ का (ZRR) सुरज भण्डारी पनि समावेश थिए।
उपाध्यक्ष अमृत ढकालले शुभकामना मन्तव्य राख्दै क्लबका प्रयासहरूको सराहना गरे भने अध्यक्ष इलेक्ट बिपिन प्रजुलीले धन्यवाद मन्तव्य प्रस्तुत गरे। कार्यक्रमको सञ्चालनमा क्लबका बोड सदस्य काशिस भण्डारी, सचिव इच्छा ढकाल र सह-सचिव साधना अधिकारीले महत्वपूर्ण भूमिका खेले।
यस समारोहमा ११४ जनाको उपस्थिति रहेको थियो, जसमा विभिन्न क्लबका प्रतिनिधिहरू, रोट्रयाक्टर्स, रोटेरियन र इन्टरैक्टर्सका साथै अभिभावकहरूको सक्रिय सहभागिता देख्न सकियो। कार्यक्रमको समापनमा अतिथिहरूले क्लबको समाजसेवी गतिविधिहरूको प्रशंसा गर्दै भविष्यमा निरन्तर सफलता र समर्पणको शुभकामना व्यक्त गरे।




