चितवन- भरतपुर ११ नव जीवन टोल अगाडि पर्ने नव जागृति सामुदायिक वनको जंगलमा आज बिहिबार दिउसो करिव ३:३० बजेको समयमा भैंसिको पाडोलाई बाघले आक्रमण गरेको छ। बाघको आक्रमणमा परी पाडो मरेको हो।
गत हप्ता पनि पाटे बाघको आक्रमणबाट भरतपुर-११ निवासी कृष्णप्रसाद पौडेलको दुहुनो गाई मारेको थियो। केहि दिन अघि नरायणी किनारमा समेत बाघको आक्रमणमा परी एक पुरुष घाइते भएका थिए। जुन बाघलाई १५ घण्टा पछि नियन्त्रणका लिएको थियो।
Advertisement


