भरतपुर- क्रिएटिभ नेपालद्वारा आयोजित राष्ट्रिय स्तर हस्तलेखन प्रतियोगीता २०८१ मा चितवनबाट सहभागी भई प्रथम र तृतिय हुने विद्यार्थी र विद्यालयलाई आज एक कार्यक्रमका बीच सम्मान एबं पुरस्कार वितरण गरिएको छ।
गएको वर्षको असार महिनाबाट सुरु भएको राष्ट्रिय स्तर हस्तलेखन प्रतियोगिता गएको फाल्गुनमा अन्तिम प्रतियोगिता सकिएको थियो। प्रतियोगितामा देशभरबाट एक लाख भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरू मध्य कक्षा ५,६ र ७ बाट एक समूह र कक्षा ८,९ र १० बाट एक समूह गरी कुल दुई समूहमा प्रतियोगिता गरिएको थियो।
उक्त प्रतियोगिताबाट कक्षा ८,९,१० समुह तर्फ चितवनको अरोमा इंग्लिस सेकेन्डरी स्कुलका देवेन्द्र कुमार शाहा नेपाल प्रथम हुन सफल भएका थिए। प्रथम भएका शाहाले नगद पुरस्कार रु ५० हजार, मेडल, ट्रोफी र प्रमाण पत्र प्राप्त गरेका छन्।

अर्को समूह कक्षा ५,६,७ तर्फबाट नेपाल प्रथम बन्न सफल चितवन कै बाल्मीकी शिक्षा सदनका कृपेश अधिकारीले नगद रु ५० हजार, मेडल, ट्रोफी र प्रमाण पत्रबाट सम्मानित भएका छन्। भने नेपाल तृतीय बन्न सफल नारायणी नमूना माध्यमिक विद्यालयकी सौरभी अधिकारीले नगद रु १० हजार, मेडल , ट्रोफी र प्रमाण पत्र प्राप्त गरेकी हुन्।



प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई हस्तलेखा प्रशिक्षक गोविन्द प्रसाद ओलियाले प्रशिक्षण दिनु भएको थियो। ओलिया ३० वर्ष सरकारी विद्यालय अध्यापन पछि अवकास प्राप्त गरी हाल बृहत हस्तलेखन शैक्षिक सुधार अभियानमा निरन्तर लागि पार्दै आइरहनु भएको छ। विश्व मै सुन्दर हस्तलेखन लेखी नेपाल कै नाम उच्च बनाएकी प्रकृति मल्ललाई गोविन्द प्रसाद ओलीयाले हस्तलेखन प्रशिक्षण दिनु भएको थियो।




