काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् ।
बिहान करिब दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा छलफल गरेपछि राजीनामा दिन पुगेको रास्वपाको टोली राजीनामा नदिई फर्किएको छ ।
Advertisement
राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिने मुडमा पुगेका हुन् ।
रास्वपाका मन्त्रीहरुसँग प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने बताएका छन् । उनले सहयोग गर्न भनेपछि राजीनामा नदिई फर्किएको हो ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समिकरण भएसँगै यता प्रचण्ड सरकार संकटमा परेको छ ।
एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीले प्रधानमन्त्रीलाई हिजै भेटेर राजीनामा दिएका छन् ।

