चितवन- युवाले चितवनको रत्ननगर नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार(Sexual And Reproductive Health and Rights)सम्बन्धी ३ माहिने कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुले नै युवाहरुका लागि केही गर्नु पर्दछ भन्ने उदस्यका साथ यस संस्थाले २००९ मा स्थपना भई आजसम्म आइपुग्दा देशका विभिन्न क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ ।
त्यस्तै युवाले चितवनको रत्ननगर नगरपालिकामा पनि यौन तथा प्रजनन स्वस्थ आधिकार र बृहत यौनिकता शिक्षा समन्धित विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । चितवनका विभिन्न ठाउँबाट छानिएका १६ जनाको प्रतिनिधित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा रत्ननगरको प्रत्येक वाड संग संवनय गरी बाल क्लबका बाल बालिका संग अन्तरक्रिया कार्यक्रमका साथै असल छुवाई ( Good Touch ) , खराब छुवाई (Bad Touch) , महिनावारी ( Mensuration), प्रजनन स्वास्थ्य आधिकार (Reproductive Health Rights) , प्रत्येक सरकारी विद्यालयमा Complain Response Mechanism, प्याड वितरण जस्ता थुप्रै कार्यक्रमहरु यो ३ महिनाको अवधिमा सम्पन्न गरेको छ।
साथै युवाले रत्ननगर नगरपालिका भित्र अझै यस्ता कार्यक्रमहरु प्रभावकारी बनाई बाल क्लबलाई सक्रिय बनाउनका लागि आर्थिक वर्ष २०८१/८२ मा यो क्षेत्रमा बजेट विनियोजन गर्न रत्ननगरका प्राय प्रत्येक वाड संग प्रतिबद्धता पत्र समेत बनाउन लगाएको छ । युवामा १६ देखि २९ वर्ष समूहका मानिसहरु आबद्ध रहन पाउने प्रावधान रहेको छ ।

