• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

कालिका नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन उपाधि चित्रवन माविलाई


७ असार , शुक्रबार
कालिका नगरपालिकास्तरीय मेयर कप हाजिरीजवाफ प्रतियोगिताको उपाधि चित्रवन माविले जितेको छ । कालिका नगरपालिका–१, सूर्यपुरस्थित राष्ट्रिय माध्यामिक विद्यालय शमीपुरले विहीबार आयोजना गरेको उक्त प्रतियोगितामा ११ वटा विद्यालयलाई पछि पार्दै चित्रवन मावि प्रथम हुन सफल भएको हो । नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा कालिका–४ स्थित पदमपुर शिक्षा निकेतन दोस्रो, कालिका–५ स्थित भीमोदय नमुना मावि तेस्रो तथा कालिका–९ मा रहेको चतुर्मुखी माविले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा इतिहास र भूगोल, जीके र आईक्यू, समसामयिक घटनाक्रम, विज्ञान तथा प्रविधि, धर्म, संस्कृति, कला र साहित्य, खेलकुद, गाउँखाने कथा र ¥यापिड फायर गरी ८ चरणमा प्रश्न सोधिएको कार्यक्रमका संयोजक दिपेश बस्नेतले जानकारी दिए । ‘प्रतियोगिता घोषणासँगै विद्यालय र विद्यार्थीहरुको चासो उच्च विन्दूमा थियो, जुन सौहार्द र प्रतिष्पर्धात्मक रुपमा प्रतियोगिता सम्पन्न भएको छ, यसबाट हामीलाई थप कार्यत्रम गर्ने उर्जा थपिएको छ,’ बस्नेतले भने ।

Advertisement

Advertisement

यसअघि कालिका नगर प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला लामाले सहभागी विद्यार्थीहरुलाई १÷१ वटा प्रश्न सोधेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख रेग्मीले यस्ता कार्यक्रमले बालबालिकाको क्षमता अभिवृद्धि गर्न टेवा पुग्ने धारणा राखे । ‘बालबालिकामा आज गरेको लगानीको प्रतिफल आजै पाइँदैन, यो त भविष्यका लागि हो,’ उनले भने, ‘त्यसकारण विद्यालय र विद्यार्थीको क्षमता बढाउने काममा हामी सबै लाग्नुको विकल्प छैन ।’आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा पनि विद्यार्थी र युवा शक्ति केन्द्रित योजनालाई स्थान दिइएको उनले जानकारी दिए । ‘कालिका नगरपालिकाले विद्यार्थी र युवालाई लक्षित गर्दै उपप्रमुखसँग विद्यार्थीजस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ, आगामी आवमा पनि यी कार्यक्रमले निरन्तरता पाएका छन्, केही थपेका पनि छौं,’ उनले भने, ‘थप रचनात्मक र प्रभावकारी हुने खालका योजना लिएर आउनुभयो भने नगरपालिका तपाईंहरुलाई हरदम साथ दिन तयार छ ।’कालिका–१ का अध्यक्ष सन्तवीर स्याङ्दान र कालिका–४ का अध्यक्ष एवम् नगरपालिकाको सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठले माध्यामिक तहसम्मका विद्यालयको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहमा आइसकेपछि धेरै विद्यालयको स्तर सुध्रिएको जिकिर गरे । यसमा शिक्षक र अभिभावकको पनि महत्वपूर्ण साथ पाएको उनीहरुको भनाइ थियो ।

कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोमबहादुर खड्काले बितेका ३५ वर्षमा विद्यालयको स्वरुप नै कायापलट भएको दाबी गरे । ‘२०६८ सालमा व्यवस्थापन समितिको अध्यक्ष भएर आउँदा एउटा टहरो थियो, १६ जना विद्यार्थी थिए । दोस्रो वर्ष ३५ जना भए,’ अध्यक्ष खड्काले स्मरण गरे, ‘शिक्षक–कर्मचारीको लगातारको मिहिनेत र अभिभावक तथा पालिकाको पनि साथले प्राथमिक विद्यालय अहिले माध्यामिक तहसम्म पढाउने भएको छ । पर्याप्त भवन, खेलमैदान, बसलगायतको सेवासुविधा थप्न सफल भएका छौं ।’

विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता तेस्रोपटक आयोजना गरिएको जानकारी दिए । ‘यसअघि रनिङ सिल्ड प्रतियोगितानै आयोजना गरेका थियौं तर बीचमा कोरोना महामारीका कारण त्यसलाई निरन्तरता दिन सकेनौं,’ उनले थपे, ‘हामी विद्यार्थीको मानसिक र शैक्षिक विकासमा सदैव कटिबद्ध छौं ।’ आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्दै जाने र त्यसमा यस कार्यक्रममा जस्तैगरी नगरपालिका र अन्य सहयोगीहरुको साथको अपेक्षा पनि उनले गरे ।प्रतियोगितामा विजयी हुने चारवटै विद्यालयलाई प्रमाणपत्र, मेडल र कप प्रदान गरिएको थियो ।राष्ट्रिय माध्यामिक विद्यालय शमीपुरले आयोजना गरेको उक्त प्रतियोगिताको मिडिया पाटनर कालिका एफ एम ९५.२ र कालिका एचडी टि भी रहेको थियो।

शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.