भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुर १ मा रहेको सामाजिक संस्था सार्थक नेपालले सरसफाई अभियान सुरु गरेको छ।

आज नारायणी नदी किनारमा ३० जना भन्दा बढी युवाहरूको सहभागितामा सरसफाई अभियान गरिएको हो। अब हरेक साता सरसफाई लगायत विभिन्न सामाजिक कार्यक्रम गरिने संस्थाका संयोजक प्रकाश घिमिरेले बताए।

Advertisement
भरतपुरलाई सुन्दर सहरको रुपमा चिनाउने उद्देश्यले नारायणी नदी किनार क्षेत्रमा रहेका फोहोरहरूको व्यवस्थापन गर्दै सरसफाई अभियान सुरु गरिएको घिमिरेले जनाएका छन्




