चितवन : एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम’ भन्ने मूल नारा सहित बैदेशिक रोजगारीबाट फर्केका नेकपा( माओवादी केन्द्र ) को जनबर्गिय सङ्गठन रिटर्नी सेन्टर नेपालले प्रथम राष्ट्रिय सम्मेलन चैत्र ९ र १० गते भरतपुरमा गर्ने तयारी गरेको पत्रकार सम्मेलनबाट जानकारी गराएको छ। सम्मेलन ‘घुमौ भरतपुर ‘ लाई लक्षित गरी चितवन भरतपुरको मलेवा पार्टि प्यालेसमा हुने सह-सम्योजक हेमन्त पौडेलले जानकारी गराए ।
सम्मेलनलाई प्रधामन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाघटन र सम्बोधन गर्ने योजना रहेको छ। रिटर्नी सेन्टरले वैदेशिक रोजगारीबाट फर्केका को श्रम,ज्ञान,सीप,पुजीं,तथा प्रविधिलाई उपयोग गर्दै सामुहिक लगानी मार्फत स्वदेशमै रोजगारीको सृजना गर्ने लक्ष्य रहेको छ।
पत्रकार सम्मेलनमा केन्द्रीय सह-सम्योजक बागमती प्रदेश ईन्चार्ज हेमन्त पौडेल, केन्द्रीय सह-सम्योजक गण्डकि प्रदेश ईन्चार्ज रामचन्द्र अधिकारी क्षेत्री, केन्द्रीय सचिव भिम लकान्द्री , केन्द्रीय सचिवालय सद्स्य बालकृष्ण मरासिनि, बाग्मति प्रदेश सद्स्य धर्मराज खनाल ,मनोज कुमार भुजेल, चितवन जिल्ला ईन्चार्ज कबिराज कडेल, सम्योजक निमकान्त पाण्डे , भरतपुर महानगर ईन्चार्ज साझाराम बिक साथै वाईसियल केन्द्रिय सदस्य किरण धामि को पत्रकार सम्मेलनमा सहभागिता रहेको थियो ।

