• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

कच्ची सडकले लियो दुई वर्ष छ महिनामा २९ जनाको ज्यान


ढोरपाटन (बागलुङ), माघ ५-

Advertisement

पछिल्लो दुई वर्ष छ महिनामा बागलुङमा सवारी दुर्घटनाबाट २९ जनाले ज्यान गुमाएका छन् । यस समयमा ४८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ८१ जना घाइते भएका छन् । हरेक वर्ष दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनाको कारण भने अव्यवस्थित ग्रामीण सडक बनेको छ ।

Advertisement

साँघुरा र अप्ठेरा सडकमा दैनिक सयौँ सवारी तथा मालबाहक गाडी गुड्ने गर्छन् । वर्षौं अगाडि ट्रयाक खुलेका सडकको अहिलेसम्म पनि स्तरोन्नति हुन सकेको छैन । जिल्लामा तीन वटा राष्ट्रिय गौरवका आयोजना पर्छन् । त्यसमध्ये मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको करिब आठ किलोमिटरबाहेक अन्य सबै कालोपत्रे भएको छ । कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन भने अहिलेसम्म स्तरोन्नतिसमेत हुन सकेका छैन ।

यी सडकमा दैनिक यात्रु जोखिम मोलेरै यात्रा गर्ने हुँदा दुर्घटना हुने गरेको छ । बर्सेनि दर्जन नागरिकले दुर्घटनामा ज्यान गुमाउँदा पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । ट्राफिक प्रहरीले बजार क्षेत्रमा ट्राफिक नियमलाई कडाइका साथ लागू गरे पनि ग्रामीण क्षेत्रमा पुग्न सकेको छैन । गाउँमा ट्राफिक नपुग्दा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले गाडी चलाउँदासमेत दुर्घटना हुने गरेको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङका ट्राफिक प्रमुख मीनबहादुर खड्का साँघुरा सडक र चालकको लापर्वाहीले दुर्घटना हुने गरेको बताउनुहुन्छ । अहिले जिल्लाका केही बजारी क्षेत्रबाहेक धेरै ठाउँमा ट्राफिक प्रहरीको पहुँच न भएको उहाँको भनाइ छ । “दुर्घटना न्यूनीकरण गर्नका लागि हामी हरसम्भव लागि रहेका छौँ, तर सबैभन्दा बढी दुर्घटना गाउँका कच्ची सडकमा हुने गरेका छन्, सबै ठाउँमा ट्राफिक प्रहरी छैन, सीमित जनशक्तिले धेरै गाडीको चाप हुने ठाउँमा हेर्ने गरेका छौँ”, प्रमुख खड्काले भन्नुभयो, “कहिलेकाहीँ काँचो चालकले गाडी चलाउँदा पनि दुर्घटना भएको छ, भने कहिले मदिरा सेवन गरी चलाउँदा घटना हुने गरेका छन्, हामीले सचेत गराउने काम गरिरहेका छौँ, यात्रु, चालक र सडक प्रयोगकर्ता सबैलाई समय–समयमा सचेतनामूलक कार्यक्रम गरी दुर्घटना न्यूनीकरणका लागि काम गरेका छौँ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दुर्घटना हुनबाट जोगाउनका लागि पालिकाले अप्ठेरा र साँघुरा सडकलाई स्तरीकरण गरिरहेको बताउनुभयो । पछिल्लो सडक सुधार भएपछि तमानखोला क्षेत्रमा दुर्घटनामा कमी आएको उहाँको भनाइ छ । अहिलेसम्म तमानखोला क्षेत्रमा ट्राफिक प्रहरीको व्यवस्थापन हुन सकेको छैन । बढी गाडीको चाप हुने ठाउँमा सवारी जाँच गर्नुपर्ने उहाँ बताउनुहुन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आव २०७८/०७९ मा २९ वटा सवारी दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने २९ जना घाइते भएका थिए । आव २०७९/०८० मा ३२ सवारी दुर्घटनामा १३ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए । चालु आवको हालसम्म आठ वटा सवारी दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन् । जसमा १९ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीले हरेक वर्ष राजस्व पनि बढाउँदै आएको छ । आव २०७८/०७९ मा रु ६९ लाख ९८ हजार पाँच सय, आव २०७९/०८० मा रु एक करोड १८ लाख १० हजार सङ्कलन गरेकोमा चालु आवको हालसम्म रु ६७ लाख ३४ हजार पाँच सय सङ्कलन गरेको प्रहरी प्रमुख मीनबहादुर खड्काले जानकारी दिनुभयो । यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी राजस्व सङ्कलन हुने आँकलन गरेको उहाँको भनाइ छ । रासस

शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.