• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

ड्राइभिङ स्कुल सङ्घ नेपालको अध्यक्षमा चितवनका गुरुङले उम्मेदवारी दिने, सार्वजनिक गरे १३ बुँदे प्रतिबद्धता पत्र


चितवन, २८ पुस ।
आजबाट चितवनको भरतपुरमा सञ्चालन हुने ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका राजकुमार गुरुङले उम्मेदवारी दिने बताउनुभएको छ ।

Advertisement

भरतपुरमा रहेको गुरुङ स्किल ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालीका सञ्चालक एवं सङ्घका केन्द्रीय उपाध्यक्ष गुरुङले यसपटकको नेतृत्व चितवनले पाउनुपर्ने भन्दै उम्मेदवारी दिने जनाउनुभएको हो । ‘एक कार्यकाल अध्यक्ष भएर सङ्घलाई अगाडि बढाउने तयारी गरेको छु’ उहाँले भन्नुभयो, ‘सङ्घलाई अगाडि बढाउनका लागि आवश्यक पर्ने कुनै पनि कसर बाँकी नराखी काम गर्ने मेरो प्रतिबद्धता छ ।’ सरकारले आफूहरुलाई गरेको विभेदका विरुद्धमा खरो रुपमा उत्रिदै ड्राइभिङ स्कुल सञ्चालकहरुको हकहितका लागि काम गर्ने बताउनुभयो । आफूले उम्मेदवारी घोषणा गरेसँगै गुरुङले आफ्नो विभिन्न १३ बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गर्नुभएको छ ।

Advertisement

नेपाल ड्राइभिङ स्कूल सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै गुरुङले अघि सार्नुभएको कार्ययोजनामा देशभर छरिएका ड्राइभिङ स्कुललाई संगठित गरेर अगाडि बढ्ने, देशभर रहेका ड्राइभिङ स्कूलहरुलाई मर्यादित तथा खुला नीति अनुसार व्यवसाय गर्न सुनिश्चित गराउने भनिएको छ । त्यस्तै, विकृति मौलाउँदै गएको भन्ने खबर अनुसार व्यवसाय गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरालाई तदारुकता नदेखाए ड्राइभिङ व्यावसायिहरुको भविष्य खतरापूर्ण हुनेभन्दै उहाँले त्यसलाई सरोकार निकायसँग गहन जिम्मेवारीका साथ छलफल गरि अगाडि बढ्ने जनाउनुभएको छ ।

उहाँका बाँकी कार्ययोजनामा

– हाम्रो आस्था विचार राजनीति फरक होला त्यसमा सबै आस्थालाई हाम्रो ड्राइभिङ परिवारमा एकल आस्था र विचार बोक्ने बनाउने छु । राजनीति गर्ने होइन व्यवसायलाई मूल आस्था बनाउने छु ।

– सङ्घको आफ्नै भवन निर्माण गर्न सरकारसँग जग्गा उपलब्ध गराउन पहल लिनेछु ।

– यातायात कार्यालयहरुमा सेवा प्रवाह गर्न छिटो भन्दा छिटो अनलाइन भुक्तानी सिस्टममा व्यवस्थित गर्न पहल गर्नेछु ।

– यातायात क्षेत्रमा भएका अनियमितता भष्ट्राचारहरुको अन्त्य गर्न पहल गर्नेछु ।

– हाम्रा जति पनि खोलिएका ड्राइभिङ संस्थाहरुलाई दर्ता गर्न, दर्ता प्रणाली खोकुलो नीति बनाउन पहल गर्नेछु ।

– साना तथा थोरै लगानीमा बनेका स्कूलहरुलाई व्यवस्थित गर्न सम्बन्धित निकायमा छलफल गरी प्रकृय बढाउने छु ।

– श्रमिकहरुको रोजगारीलाई बढावा दिनेछु । नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई विदेशिन नपरोस् भन्दै नेपालमै स्वरोजगार बनाउन आवश्यक नीतिको लागि पहल गर्नेछु ।

– देशमा रहेका विद्यमान कानुन अनुसार व्यवसाय गर्न सुनिश्चित गराउने छु ।

– विपन्न परिवारका लागि निःशुल्क सेवा प्रवाह गर्न पहल लिनेछु ।

– व्यवसाय हकहितका लागि कसैसँग गलत सम्झौता अनुसार व्यवसाय गर्न दबाब दिएको खण्डमा प्रतिवाद गर्ने छु ।

– सधैँ अग्र भागमा रहेर साथीहरुका आवाज बुलन्द गराउने प्रतिबद्धता यो कार्य योजना प्रस्तुत गर्दछु ।

सङ्घको नयाँ नेतृत्वको लागि गुरुङलाई सर्वसम्मत अध्यक्षको रुपमा प्रस्तुत गर्न लागिएको पाँचौँ राष्ट्रिय अधिवेशन संयोजक एवं चितवन ड्राइभिङ स्कुल व्यवसायी सङ्घका पूर्व अध्यक्ष राजाराम परियारले जानकारी दिनुभयो ।

तत्कालीन नारायणी ड्राइभिङ स्कुल व्यवसायी सङ्घको सल्लाहकार, ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय सदस्य एवं केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नुभएका गुरुङलाई यस अधिवेशनमा अध्यक्षको बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरिने परियारको भनाइ छ । सधैँ अध्यक्ष काठमाडौँले राख्न नहुने र चितवन पनि सक्षम छ भनेर प्रस्तुत गर्न पनि गुरुङको उम्मेदवारी रहने उहाँको भनाइ छ । ‘यसपटक दाबीमात्रै मात्रै होइन, अध्यक्ष चितवनले पाउनुपर्छ भनेर हाम्रो लभिङ छ’ उहाँले भन्नुभयो, ‘सहमतिमा भए ठीकै छ होइन भने निर्वाचन प्रकृयामा गएर भए पनि गुरुङलाई अध्यक्ष बनाउँछौँ ।’ गुरुङलाई केन्द्रीय अध्यक्ष बनाउनका लागि माहौला राम्रो बनेको परियारको भनाइ छ । करिब तीन सय ५० प्रतिनिधि रहने महाधिवेशनमा ४० जना चितवनबाट सहभागी हुने परियारले जानकारी दिनुभयो । शनिबार हुने पाँचौं महाधिवेशनबाट ३० सदस्यीय केन्द्रीय समिति तयार गरिने छ । महाधिवेशनको नेपाल सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालाले आज भरतपुरको दियालो फुडल्याण्डमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

शनिबार, पुष २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.