काठमाडौँ, पुस १६-
दुई हप्ता अघिसम्म प्याजको भाउ थोकमै किलोको एकसय ६० रुपैयाँ पुगेको थियो । तर, हाल चीनबाट प्याज नेपाल आउन थालेपछि प्याजको मुल्य घटेर किलोको एकसय ६० बाट ८५ रुपैयाँमा झर्योको हो ।
Advertisement
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज भारतीय प्याजको थोक मूल्य किलोको ७५ देखि ८५ रुपैयाँ छ । काठमाडौँमा भारतबाट दैनिक ८० मेट्रिक टन र चीनबाट पाँच/सात मेट्रिकटनसम्म प्याज भित्रिने गरेको छ ।


