भरतपुर, मंसिर २३
चितवनको भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको ज्ञानदर्शन इंग्लिश बोर्डिङ स्कुलका विद्यार्थीहरुका लागी उद्घोषण कक्षा सुरु भएको छ।
ज्ञानदर्शन इंग्लिश बोर्डिङ स्कुलको आयोजना एवं वन स्टेप मिडियाको सहकार्यमा आयोजना भएको उद्घोषण कक्षा मंसिर २३ गते देखी सुरु भएको हो। करिब २० दिन सम्म सञ्चालन हुने कक्षा बिदाको दिन (शनिबार) हुने भएको हो। २० जना भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको तालिम बिद्यालयकै सभा हलमा आयोजना गरिएको छ।

बिहान ८ बजे देखि ९:३० बजे सम्म सञ्चालन भएको तालिममा विद्यार्थीहरुलाई कार्यक्रम कसरी संचालन गर्ने, सम्बोधन गर्ने तरीका, मन्तव्य दिने तरिका, उच्चारण , रेडियो कार्यक्रम आदि बिषयमा जानकारी दिने र विद्यार्थीहरुलाई सजिलै संग बिद्यालयको कार्यक्रममा उद्घोषण गर्न सक्ने बनाउनका लागि उक्त तालिम संचालन गरिएको हो।
तालिममा प्रशिक्षक वन स्टेप मिडियाका प्रवन्ध निर्देशक एवं सञ्चारकर्मी आयुष न्यौपाने रहेका छन्।


