दाङ- राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका एक युवकको शव तीन दिन पछि फेला परेको छ।
राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरीया निवासी ३७ वर्षीय रामचरण चौधरी गत शुक्रबार दिउँसो २ बजेको समयमा राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका थिए।
Advertisement
इलाका प्रहरी कार्यालय, भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा गएराति करिब २ बजेको समयमा गढवा गाउँपालिका-१, जेठानगाउँको राप्ती नदीघाटमा चौधरीको शव फेला परेको गणका एसपी गोपाल श्रेष्ठले जानकारी दिए।
नदीमा जालले माछा मार्ने क्रममा चाैधरी बगेर बेपत्ता भएका थिए। चौधरीको शव पोष्टमार्टमका लागि घोराही पठाइएको इलाका प्रहरी कार्यालय, गढवाले जनाएको छ।

