काठमाडौं,भदौ २१-
काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ । महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।
Advertisement
काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो ।
१७ भदौमा दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा उनलाई भर्ना गरिएको थियो । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए । रिजालको जन्म १७ कात्तिक २०२७ सालमा भएको थियो ।


