भरतपुर-५, तोरिखेत स्थित भवानी डेरी र चर्चित कलाकार भुवन तिवारी (भुवन तिवारी भाईनस) बिच मार्केटीङ र प्रचारको लागि १ बर्षको सम्झौता भएको छ । सम्झौता अनुसार भुवन तिवारीले बिबिध कार्यक्रम जस्तै सामाजिक सञ्जाल, भिडियो विग्यापन, तथा अन्य प्रचारप्रसारका कार्यक्रम मार्फत भवानी डेरीलाई साथ दिनेछन ।
बिगत ५ बर्ष देखी चितवन-नवलपुर क्षेत्रमा निकै लोकप्रिय रहेको भवानी डेरीले दुध,दही,पनिर,घ्यु,नौनी,छुर्पी,चिज, कप दहि लगायत अन्य उत्पादन स्थानिय बजारमा र छुर्पी खासगरी डगच्यु उत्पादन गरि अन्तराष्ट्रिय बजारमा पनि बिक्री गर्दै आइरहेको छ । साथै भुवन तिवारीसँग को सहकार्यले बजारमा नया आयाम दिने विश्वास लिदै अन्य नया उत्पादनहरू पनि बजारमा भित्र्यौने र बजारीकरणमा भवानी डेरी निकै आक्रामक तरिकाले अघि बढ्ने कम्पनीका बजार ब्यवस्थापक पुरन कुमार छेत्रीले जानकारी दिनुभयो । सम्झौता रकम भने गोप्य राखियको दुवै पक्षले जानकारी दिनुभयो ।

