भरतपुर, भदौ ४।
गणित शिक्षा परिषद् ,चितवन शाखा को बार्हौ जिल्ला अधिवेशन पछि नव निर्वाचित जिल्ला कार्यसमितिको पहिलो नियमित बैठक शाखा का अध्यक्ष श्री देवी प्रसाद पौडेल को अध्यक्षता मा अंकुरम एकेडेमी को गणित प्रयोगशाला को हलमा सप्पन्न भएको छ।
बैठकद्वारा पुरानो गेहेन्द्रराज विष्टको कार्यसमिति लाई धन्यवाद प्रस्ताव पारित गरेको छ। गणित शिक्षा परिषद् को श्रावण १४ गते काठमाडौ मा सप्पन्न भएको केन्द्रिय महाधिवेशन मा प्रतिनिधित्व गर्नुहुने महाधिवेशन प्रतिनिधि ज्युहरुलाइ धन्यवाद प्रस्ताव पारित समेत गरिएको छ।
केन्द्रिय महाधिवेशन वाट केन्द्रिय सदस्य मा निर्वाचित गुरुप्रसाद पौडेल लाई धन्यवाद प्रस्ताव पारित गरि बैठकद्वारा शाखाको निम्न बमोजिमको सल्लाहकार समितिको मनोनयन गरीएको कोषाध्यक्ष प्रकाश सुबेदीले जानकारी गराउनु भयो।
प्रा. दयाराम पौडेल -सम्योजक डा. प्रेम सागर भण्डारी -सदस्य मणिराज महतो- सदस्य गेहेन्द्रराज विष्ट- सदस्य कृष्ण अर्याल – सदस्य माधव प्रसाद पौडेल – सदस्य त्यसै गरि यो वर्ष को वार्षिक कार्ययोजना तयार गरि कार्ययोजना सहितको बैठक तुरुन्तै बस्ने निर्णय समेत गरीएको छ।


